२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

युएईद्वारा नेपालसामु १ सय ५४ रनकाे विजयी लक्ष्य प्रस्तुत

नेपालले युएई विरुद्धको टि-२० सिरिज अन्तर्गतको पहिलो खेल जित्न १ सय ५४ रनको लक्ष्य पाएको छ। युएई स्थित आइसिसी एकेडेमिमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन जोड्यो।

पहिलो टि–२० खेलमा नेपाल र युएई भिड्दै, नेपाललाई इतिहास रच्ने अवसर

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो टि–२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार (आज) घरेलु टोलीको सामना गर्दैछ। दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बाट सुरु हुनेछ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा

भूकम्पपछि थलिएका विभिन्न बस्ती पुनः निर्माण गर्दै चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुरमा बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।

नेत्रहीन क्रिकेट टोली फैसलाबादमा

नेत्रहीन महिला क्रिकेट सिरिजमा सहभागी हुन नेपाली क्रिकेट टोली टोली पाकिस्तानको फैसलाबाद पुगेको छ। नेपाली टोली बुधबार लाहोरबाट फैसलाबाद पुगकोे हो।

रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन गरिएको छ। बुधबार साँझ भरतपुरको चौबिसकोठीमा क्रिकेट समर्थक समाज र स्थानीय खेलप्रेमी युवाले दीप प्रज्वलन गरेका हुन्।

धुर्मुस सुन्तली अभियानलाई सहयोग गर्न तयार छुँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेशनले थालेको अभियानमा आफुले सहयोगीको भूमिका निभाउने बताएका छन्।

अन्तर्राष्ट्रिय रंगशाला निर्माणको घोषणा, दुई वर्षभित्र निर्माण सम्पन्न हुने

धुर्मुस सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ। बुधवार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक औपचारिक कार्यक्रममा रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ।

राष्ट्र गौरव क्रिकेटर

नेपाल क्रिकेट संघ (क्यान) विवादमा छ। तर, त्यो विवादबीच पनि खेलाडीले आत्मविश्वास उचो बनाइरहेका छन्। एकपछि अर्को सफलता चुमेर तिनले सिंगै मुलुकलाई गौरवान्वित तुल्याइरहेका छन्। क्यान २०७३ वैशाखदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को निलम्बनमा छ।

नेत्रहिन महिला क्रिकेट : पाकिस्तानविरूद्ध नेपाल १० विकेटले विजयी

विश्वमै पहिलो पटक आयोजना भइरहेको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृखंलामा नेपालले विजयी सुरुआत गरेको छ। नेपालको महिला नेत्रहीन क्रिकेट टिमले मंगलबार पाकिस्तानको नेत्रहीन महिला क्रिकेट टिमलाई १० विकेटले पराजित गर्दै ५ खेलको शृंखलामा १–० को अग्रता बनाएको हो।

नेपाल पहिलो पटक एकदिवसीय क्रिकेटको वरियतामा, कुन राष्ट्र कतिऔं स्थानमा ?

नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा प्रवेश गरेको छ। नेपालले युएईलाई सोमबार ४ विकेटले पराजित गर्दै तीन खेलको सिरिज २–१ ले जिते लगत्तै आइसीसीले वरियतामा समावेश गरेको हो।

न्युजिल्यान्डमा भारतलाई शृंखला

विराट कोहलीको कप्तानीमा रहेको भारतले घरेलु टोली न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा ७ विकेटको जित निकाल्दै पाँच खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको छ। माउन्ट माउन्गानेउमा सोमबारको तेस्रो खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४४ रनको लक्ष्य भारतले कप्तान कोहली र रोहित शर्माको अर्धशतकको मद्दतमा ४३औं ओभरमै पूरा गर्दै शृंखला आफ्नो बनायो।

पारसकाे शतकमा नेपालले जित्याे पहिलाे एकदिवसीय सिरिजकाे उपाधि

पारस खड्काको सानदार शतकमा नेपालले युएई विरुद्धको एकदिवसीय श्रृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको छ। अन्तिम तथा तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृङ्खला आफ्नो पक्षमा पारेको हो।

क्रिकेटमा साहिद अफ्रिदीको रेकर्ड तोड्ने रोहित को हुन ?

युएईविरुद्ध एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्दै नेपालका युवा क्रिकेटर रोहितकुमार पौडेलले पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी र भारतका ब्याट्सम्यान सचिन तेन्दुल्करलाई पछि पार्दै नयाँ कीर्तिमान बनाए।

भारतीय क्रिकेट टाेलीसँग सावधान रहन न्युजिल्याण्ड प्रहरीकाे चेतावनी

भारतीय क्रिकेट टोलीलाई लक्षित गर्दै न्युजिल्याण्ड प्रहरीले एक व्यङ्ग्यात्मक पोष्ट सार्वजनिक गरेको छ।न्युजिल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीलाई प्रहरीले लक्षित गर्दै यो टोलीसँग सावधान रहन सर्वसाधारणलाई चेतावनी दिएको हाे।

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बन्ने

धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ। त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्