२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

क्रिकेटमा रोहितको विश्व कीर्तिमान

राष्ट्रिय टोलीबाट डेब्यु गरेको एक वर्ष नबित्दै नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल विश्व क्रिकेट जगतमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।

नेपाली टाेलीकाे अलराउण्ड प्रदर्शनमा युएई १ सय ४५ रनले पराजित, साेमपालले लिए ५ विकेट

नेपाली टाेलीकाे अलराउण्ड प्रदर्शनमा युएई एकदिवसीय श्रृङ्खलाको दोश्रो खेलमा १ सय ४५ रनले पराजित भएको छ। पहिलो खेलमा फितलो ब्याटिङका कारण ३ विकेटको हार व्यहोरेको नेपालले शनिबार सम्पन्न खेलमा ब्याटिङ र बलिङ् दुवैमा राम्रो प्रदर्शन गरेपछि ३ खेलको एकदिवसीय सिरिज १-१ को बराबरीमा ल्याउन सफल भयो।

एकदिवसीय क्रिकेट : नेपालद्वारा युएईसामु २४३ रनको लक्ष्य प्रस्तुत, राेहितकाे अर्धशतक

युएईसँगको एकदिवसीय क्रिकेटको दोस्रो खेलमा नेपालले सुधारिएको ब्याटिङ गरेको छ। दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा नेपाल युएईलाई जितका लागि २ सय ४३ रनको लक्ष्य दिएको छ।

एकदिवसीय क्रिकेट : नेपाल दोस्रो खेल खेल्दै, युएईमाथि जित्नैपर्ने दबाव

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार घरेलु टोलीसँग दोस्रो एक दिवसीय खेल खेल्दैछ। आइसीसी क्रिकेट एकेडमीमा हुने खेल नेपाली समय अनुसार बिहान ११ः१५ बाट सुरु हुनेछ।

‘बलिउड फिल्म नहेर्ने नेपाली छैन, क्रिकेटले पनि सम्बन्ध बढायो’

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो। द्विपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो।’

नेपाल ११३ रनमा अलआउट

युएईसँगकाे एकदिवसीय क्रिकेटमा नेपालले खराब प्रदर्शन गरेको छ। दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा नेपाल १ सय १३ रनमा अलआउट भएको छ। टस हारेर ब्याटिङ गरेको नेपाल ३३.५ ओभरमा ११३ रनमा अलआउट भएको हो।

नेपालको दोस्रो एकदिवसीय क्रिकेट आज, शृंखला कब्जा गर्ने लक्ष्य

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट गत वर्ष मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो एकदिवसीय शृंखला नेदरल्यान्ड्सविरुद्ध खेल्यो। साँघुरा पूर्वाधारलाई अधिकतम प्रयोग गर्दै पाएको सफलता जति सदुपयोग गरेको थियो, नेपाली टोलीले नेदरल्यान्ड्सको घरेलु मैदानमा त्यो सफलता प्राप्त गर्न निकै संघर्ष गर्नुपर्‍यो।

नेत्रहीन महिला क्रिकेट टोलीको बिदाइ

नेत्रहीन त्रिकेट संघले पाकिस्तानविरुद्ध पाँच खेलको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टोलीको बिदाइ गरेको छ । जनवरी २६ बाट फेबु्रअरी ६ सम्म हुन लागेको यो भ्रमण नेपालकोे औपचारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

भारतको विजयी सुरुआत

न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय टोलीले पाँच एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ। खेलमा भारतका मोहम्मद शमीको उत्कृष्ट बलिङको मद्दतमा बुधबार भारतले डिएल मेथडमा घरेलु टोली न्युजिल्यान्डमाथि ८ विकेटको शानदार जित निकाल्न सफल भएको हो।

पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्रान्ड एम्बेसडर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र अलराउन्डर शरद भेषावकरलाई मंगलबार रुस्लानले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

एक दिवसीय र टी–ट्वान्टी सिरिज खेल्न नेपाली क्रिकेट टोली युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय र टी–ट्वान्टी सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान गरेको छ। नेपाली टोली अपरान्ह्र ४ः२० बजे फ्लाई दुबई विमानबाट युएई प्रस्थान गरेको हो। प्रतियोगिता यही माघ ११ देखि २० गतेसम्म आयोजना हुँदैछ। नेपालले युएईसँग ३ एक दिवसीय र ३ टी–ट्वान्टी सिरिज खेल्नेछन्।

युएईसँगको सिरिज खेल्न स्वदेश फर्किए सन्दीप

युएईसँगको तीन एकदिवसीय र तीन टी–ट्वान्टी  खेलका लागि सन्दीप लामिछाने स्वदेश फर्किएका छन्। बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बिपीएल) खेलिरहेका लामिछाने सोमबार बेलुकी काठमाडौं आइपुगेका हुन्। युएईसँगको खेल माग ११ देखि सुरु हुँदैछ।

युएईसँग हुने क्रिकेट सिरिजका लागि नेपाली टाेलीकाे घाेषणा

युएईसँग यहि माघमा हुने एकदिवसीय र टी-ट्वान्टी खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। माघ ११ गतेदेखि युएईमा  हुने प्रतियोगिताका लागि ३ वैकल्पिक र १६ सदस्यीय टोलीको घोषणा भएको हो।

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

थाइल्याण्ड टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्केको छ।

नेपाल उपविजेतामा सीमित, थाइल्याण्ड ७० रनले विजयी

आयोजक टोली थाइल्याण्डसँग ७० रनको फराकिलो हार ब्यहोर्दै नेपाली राष्ट्रिय महिला टोली टि–२० स्म्यास क्रिकेटको उपविजेतामा सीमित भएको छ। योसँगै १२ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटको फाइनलमा पुगेको नेपाली टोली उपाधि जित्न पुनः बञ्चित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्