२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

उपाधिका लागि नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै

नेपालले महिला ट्वान्टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र थाइल्यान्डबीचको खेल अपरान्ह १२ः१५ बाट सुरु हुनेछ।

भारतलाई एकदिवसीय शृंखला

महेन्द्रसिंह धोनीको उत्कृष्ट प्रदर्शनप्रेरित भारतले शुक्रबार तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै तीन खेलेको एकदिवसीय शृंखला २–१ ले जितेको छ।

मनमोहन स्मृति कप : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

विभागीय टोली त्रिभुवन आर्मी सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आर्मीले उपाधिका लागि शनिबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली महिला क्रिकेट टोली टि–२० स्म्यास क्रिकेटको फाइनलमा

इण्डोनेसियामाथि ९२ रनको फराकिलो जित निकाल्दै नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा जारी टि–२० स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

मनमोहन स्मृति क्रिकेट : पुलिसको फाइनल सुरक्षित

प्रदेश नं. ७ लाई हराउँदै नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ।

प्रदेश नं. ७ सेमिफाइनल प्रवेश

प्रदेश नं. ७ सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। लिगचरणका खेल सकिएसँगै प्रदेश नं. ७ सेमिफाइनलमा प्रवेश गरेको हो। समूहचरणअन्तर्गत बुधबारको अन्तिम खेलमा पराजित भए पनि रनरेटका आधारमा नतिजा आफ्नो पक्षमा पार्दै प्रदेश नं. ७ सेमिफाइनल पुग्ने चौथो टोली बनेको हो।

महिला टि–२० क्रिकेट : थाइल्याण्डलाई पराजित गर्दै नेपाल समूह विजेता

थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

मनमोहन स्मृति कप : प्रदेश नं. ७ विजयी

प्रदेश नं. ७ सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। मंगलबार भएको समूह ‘सी’ अन्र्तगतको दोस्रो खेलमा प्रदेश नं. ७ विजयी भएको हो । इनरुवा खेल मैदानमा भएको खेलमा प्रदेश नं. ७ ले प्रदेश नं. ५ लाई १ सय १८ रनले पराजित गरेको हो ।

युएईद्वारा नेपालसामु जितका लागि १ सय ६ रनको लक्ष्य प्रस्तुत

थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा युएईले नेपाललाई जितका लागि १ सय ६ रनको लक्ष्य दिएकाे छ। टस जितेर पहिले व्याटिङ गर्दै युएईले निर्धारित २० ओभर ६ विकेटको गुमाउँदै १ सय ५ रन वनाएको हो।

भारतीय टोलीमा शंकर र गिल

टेलिभिजन अन्तर्वार्तामा विवादास्पद अभिव्यक्ति दिएपछि बर्खास्तीमा परेका केएल राहुल र हार्दिक पाण्डेयको स्थानमा भारतले अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्धको शृंखलाका लागि अलराउन्डर विजय शंकर र ब्याट्सम्यान सुब्मन गिललाई टोलीमा समावेश गरेकाे छ ।

महिला टि–२० क्रिकेट : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। आइतबार तेर्थाई क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो।

अस्ट्रेलियाको विजयी सुरुआत

जेई रिचर्डसनको उत्कृष्ट बलिङप्रेरित अस्ट्रेलियाले शनिबार पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३४ रनले पराजित गरेको छ। ओपनर रोहित शर्माले शतक पूरा गरे पनि अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५४ रन मात्र जोड्न सक्यो।

मनमोहन स्मृति कप क्रिकेट : प्रदेश–४ विजयी

ओभरको अन्तिम बलमा प्रदेश–४ का मेखबहादुर सेनले निर्णायक रन बटुल्दै सुनसरी इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा टिमलाई विजयी बनाएका छन्।

महिला टि–२० क्रिकेट : नेपालकाे सानदार सुरूवात, चीन १० विकेटले पराजित

थाइल्याण्डमा जारी महिला टि–२० स्मास क्रिकेटमा चीनलाई १० विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टोलीले सानदार विजयी सुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्