२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रदेश १ माथि एपीएफको फराकिलो जित, कुमालले लिए ७ विकेट

एपीएफले सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। शुक्रबार भएको समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा एपीएफले ९२ रनले प्रदेश नं. १ लाई हराउँदै विजयी भएको हो।

उपाधि जित्नेमा महिला क्रिकेट टोली आशावादी

‘कुनै समय पुरुष राष्ट्रिय क्रिकेट टोलीभन्दा महिला राष्ट्रिय टोली राम्रो मानिन्थ्यो’ नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डेले नेपालका पूर्वकप्तान एलबी क्षेत्रीद्वारा लिखित पुस्तक ‘कप्तान–१९९८’ को विमोचन कार्यक्रममा राजधानीको प्रज्ञा भवनमा अघिल्लो साता भनेका थिए।

सन्दीपको टोली सिल्हेटको पहिलो जित

नेपाली युवा बलर सन्दीप लामिछाने विकेट लिन असफल खेलमा उनको टिम सिल्हेट सिक्सर्सले बुधबार बंगलादेश प्रिमियर लिग क्रिकेटमा पहिलो जित निकालेको छ।

त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश

त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामाको सेमिफाइनलमा प्रवेश गरेको छ। समुह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।

विभागीय टिम नेपाल आर्मीको जित

मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी विजयी भएको छ। मंगलबार भएको प्रतियोगिताअन्तर्गत ग्रुप ‘बी’ को पहिलो खेलमा आर्मीले प्रदेश–३ लाई १ सय १८ रनले पराजित गरेको हो।

क्रिकेट संघर्षमा फिल्म

नेपालमा लोकप्रिय रहेको खेल क्रिकेटमा आधारित रहेर फिल्म निर्माण हुने भएको छ। अष्ट्रेलियामा बसोबासरत नेपाली युवा सुनोद श्रेष्ठको मुख्य भूमिका रहने फिल्मको सिड्नीमा घोषणा गरिएको हो।

अस्ट्रेलियामा भारतलाई ऐतिहासिक शृंखला

अन्तिम तथा चौथो टेस्ट पनि बराबर भएपछि विराट कोहलीको कप्तानीमा रहेको भारतले पहिलो पटक अस्ट्रेलियाको भूमिमा शृंखला हात पार्दैै इतिहास रचेको छ।

प्रदेश २ लाई सफलता

सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा प्रदेश २ विजयी भएको छ। ग्रुप ‘ए’ अन्तर्गतको अन्तिम खेलमा प्रदेश २ विजयी भएको हो।

पहिलो खेलमा पुलिसको जित

प्रदेश नं. २ लाई हराउँदै नेपाल पुलिस क्लब शनिबार सुनसरी सदरमुकाम इनरुवामा सुरु मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ।

अस्ट्रेलियाको संघर्ष जारी

भारतीय स्पिनरले चम्केपछि अन्तिम तथा चौथो टेस्टमा शनिबार घरेलु टोली अस्ट्रेलिया संघर्षपूर्ण ब्याटिङ गर्दा अझै ३ सय ८६ रनले पछाडि छ।

नेसामको उत्कृष्ट पुनरागमन, न्युजिल्यान्डद्वारा श्रीलंका पराजित

जिम्मी नेसामले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट पुनरागमन गरेको दिन बिहीबार न्युजिल्यान्डले पहिलो एकदिवसीय खेलमा श्रीलंकालाई ४५ रनले निराश पारेको छ।

शृंखलामा पुजाराको तेस्रो शतक, भारतकाे दरिलो सुरुआत

चेतेश्वर पुजाराले शृंखलामा तेस्रो शतक पूरा गरेसँगै भारतले बिहीबार अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टमा दरिलो सुरुआत गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट सिरिजः युएईसँग खेल्ने नेपाली टोलीको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत युएईविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। छनोट समितिले सोमवार २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो।

अष्ट्रेलियामा क्रिकेट प्रशिक्षण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यतिबेला अष्ट्रेलियामा क्रिकेट प्रशिक्षण दिइरहेका छन्। शैक्षिक परामर्श तथा आप्रवासन सम्बन्धि संस्था एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजनामा भएको क्रिकेट मेलामा खड्काले प्रशिक्षण दिएका हुन्।

अस्ट्रेलियाविरुद्ध भारत २–१ ले अगाडि

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ। मेलवर्नमा आइतबार बिहान सम्पन्न खेलमा भारत १ सय ३७ रनले विजयी भएको हो। अन्तिम दिन घरेलु टोलीलाई जितका लागि १ सय ४१ रन आवश्यक थियो। जितसँगै भारतले चार म्याचको टेष्ट सिरिजमा २–१ ले अग्रता लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्