२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बोल्टको घातक बलिङ

तीव्र गतिका बलर ट्रेन्ट बोल्टको घातक बलिङप्रेरित न्युजिल्यान्डले बिहीबार तेस्रो टेस्टमा श्रीलंकालाई पूर्ण रूपमा दबाबमा राखेको छ।

मयंकको डेब्यु सफल

भारतीय टेस्ट क्रिकेटका पावरहाउस चेतेश्वर पुजारा र विराट कोहलीको अनुशासित ब्याटिङको मद्दतमा भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा पहिलो दिन बुधबार मध्यम स्कोर खडा गरेको छ।

नेपालले माघ दोस्रो साता युएईसँग खेल्ने

माघको दोस्रो साताबाट नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ।

क्रिकेटर क्यामरुन योग प्रशिक्षणतिर

बल टेम्परिङका कारण ९ महिना प्रतिबन्धको सामना गरिरहेका अस्ट्रेलियन क्रिकेटर क्यामरुन बेनक्रफ्टले क्रिकेट प्रशिक्षण छाड्दै योग प्रशिक्षण सुरु गरेका छन्।

अम्पायरको निर्णयमा आपत्ति

वेस्ट इन्डिज ट्वान्टी–२० क्रिकेटका कप्तान कार्लोस ब्राथवेटले बंगलादेशी अम्पायरले घरेलु टोलीलाई पूर्ण रूपमा ५०–५० को निर्णय दिएको आरोप लगाएका छन्।

आइसिसी बरियतामा पारस दुई स्थान तल, सोमपाल र वसन्तको सुधार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइतवार सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन्। यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा ब्याटिङतर्फ ९५औँ स्थानका पारस नयाँ वरियतामा दुई स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छन्। कप्तान पारस अलराउन्डरतर्फ एक स्थान झरेका छन्। यसअघि ४१औँ स्थानका पारस नयाँ वरियतामा ४२औँ स्थानमा छन्।

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट : पाँचपोखरीलाई उपाधि

पाकिस्तानी राजदूतावासले आयोजना गरेको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेटको उपाधि पञ्च पोखरी क्रिकेट क्लबले जितेको छ। रोयल इन्डोर क्रिकेट क्लबलाई पराजित गर्दै पञ्चपोखरीले उपाधि हात पारेको हो।

कर्णाली प्रदेश टी–२० क्रिकेट प्रतियोगिता हुने

रुकुम (पश्चिम) मा कर्णाली प्रदेश टी-२० क्रिकेट प्रतियाेगिता हुने भएकाे छ। जिल्ला क्रिकेट संघको आयोजनामा पुस १० गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न सात जिल्लाका टाेलीहरुले सहभागिता जनाउने भएका हुन्।

दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हरायो

अस्ट्रेलियाले बल टेम्परिङ प्रकरणपछि पहिलो पटक टेस्ट क्रिकेट जितेको छ। मार्चमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट जितेपछि अस्ट्रेलिया जितविहीन बन्दै आएको थियो।

महिला क्रिकेट टोलीको प्रशिक्षकमा दास

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्वराष्ट्रिय टोलीका कप्तान विनोद दासले पाएका छन्।

लुइस श्रीलंकाली ब्याटिङ प्रशिक्षक

श्रीलंकाले आगामी वर्ष इङ्ल्यान्डमा आयोजना हुने  विश्वकपका लागि टोली बलियो बनाउने योजनाअन्तर्गत बिहीबार जोनाथन लुइसलाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।

नेपाली महिला टोली थाइल्यान्ड जाने

नेपाली महिला टोलीले आसन्न आइसिसी महिला एसिया कप २०१९ को छनोटको अभ्यासका लागि थाइल्यान्ड भ्रमण गर्ने भएको छ ।

नेपाली क्रिकेटका पावरको विश्राम

खेलजीवनको अन्तिम समयमा सबै खेलाडीको चाहना हुन्छ, आफ्नो सुखद एवं यादगार बिदाइ होस्। हरेक महान् खेलाडीसँगै घरेलु खेलमै सीमित खेलाडीको चाहना पनि सोही किसिमको हुने गर्दछ। नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य शक्ति गौचन पनि सोही किसिमको प्रदर्शन र बिदाइ चाहन्थे।

घिमिरे विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्ष

नेपालका पवन घिमिरे विश्व नेत्रहीन क्रिकेट परिषद्को कोषाध्यक्षमा निर्वाचित भएका छन्। काठमाडौंमै भएको दुईदिने साधारणसभा र अधिवेशनबाट पवन कोषाध्यक्षमा निर्वाचित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्