२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

प्रदेश २ लाई सफलता

इटहरी – सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा प्रदेश २ विजयी भएको छ। ग्रुप ‘ए’ अन्तर्गतको अन्तिम खेलमा प्रदेश २ विजयी भएको हो।

इनरुवा रंगशालाको पिचमा भएको खेलमा प्रदेश २ ले आयोजक शान्तिदीप इनरुवालाई २ सय ८ रनको फराकिलो अन्तरले हराउँदै विजयी भएको हो। ३ सय २ रनको विजयलक्ष्य पछ्याएको आयोजक इनरुवा २५ दशमलव २ ओभरमा ९३ रनमा अलआउट हुन पुग्यो।

इनरुवाका कुनै पनि ब्याट्सम्यान खुलेर क्रिजमा टिक्न सकेनन्। इनरुवाका सरोज बस्नेतले सर्वाधिक १५ रन जोेडे। आयोजकका ४ खेलाडी बोल्ड भए। आयोजकलाई सस्तैमा समेट्न प्रदेश २ का रसिद खान एक्लैले ४ विकेट लिए।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १ रन जोड्यो। प्रदेश २ का लागि विशाल सुसलिङले १ सय ११ रनको शतकीय पारी खेले। उनी नै खेलको म्यान अफ दी म्याच भए। प्रदेश  २ का लागि अंशु कन्दोईले ७७ र हरिशंकर साहले ४४ रन बनाएका थिए। आयोजक इनरुवाका सरोज बस्नेतले ३ विकेट लिए। प्रतियोगितामा ग्रुप ‘ए’ बाट दुवै खेल जित्दै नेपाल पुलिस सेमिफाइनल प्रवेश गरिसकेको छ।

प्रकाशित: २३ पुस २०७५ २३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App