२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

विभागीय टिम नेपाल आर्मीको जित

इटहरी – मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी विजयी भएको छ। मंगलबार भएको प्रतियोगिताअन्तर्गत  ग्रुप ‘बी’ को पहिलो खेलमा आर्मीले प्रदेश–३ लाई १ सय १८ रनले पराजित गरेको हो।

आर्मीले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको प्रदेश–३ ले ३६.२ ओभरमा अलआउट हुनुअघि १ सय ७० रन मात्र बनाएपछि पराजित भयो।  प्रदेश–३ का इशान पाण्डेले ७५ रनको इनिङ खेले पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन्।

त्यस्तै आदिल खानले ३२ रन जितेन्द्र सिंह ठकुरी र सोनु तामाङले समान १६–१६ रन जोडनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। यसअघि आर्मीका रोहित पाण्डेले अविजित  ८० र  भीम सार्कीले ७१ रन जोडेका थिए।

प्रकाशित: २५ पुस २०७५ ००:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App