मूल्यवृद्धि र आयातको चाप उच्च रेमिट्यान्स सन्तोषजनक, निर्यातमा सुधार
गत आर्थिक वर्षमा १४ वर्षकै न्यून मुल्य वृद्धि रहेको विवरण सार्वजनिक भएकामा चालू आर्थिक वर्षको पहिलो महिना(साउन)ले भने मूल्य बृद्धि उच्च हुने र आयातको आयतन पनि बढने संकेत गरेको छ।
गत आर्थिक वर्षमा १४ वर्षकै न्यून मुल्य वृद्धि रहेको विवरण सार्वजनिक भएकामा चालू आर्थिक वर्षको पहिलो महिना(साउन)ले भने मूल्य बृद्धि उच्च हुने र आयातको आयतन पनि बढने संकेत गरेको छ।
उत्तरको छिमेकी चीनबाट नेपालमा लगानी गर्ने प्रतिबद्धता ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा चीनबाट ५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ । यस्तो प्रतिबद्धता त्यसअघिको वर्षमा नौ अर्ब रुपैयाँ बराबरमात्र थियो।
सार्वजनिक यातायातमा भएको भाडा वृद्धि लगत्तै खोटाङमा सवारी साधनको नयाँ भाडा दर कायम गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक गरेकाे घोषणा सोमबारदेखि लागू भएको छ। यो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ।
इन्धनको मूल्य वृद्धि हुँदा यातायात व्यवसायीले मूल्य समायोजन वा भाडा वृद्धिको माग राख्दै दसैं तिहारमा अग्रिम टिकट बुकिङ खोल्न नमानेपछि सरकारले तत्काललाई १० प्रतिशत भाडा बढाउने सहमति गरेको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायीसँग भाडादर बढाउने सहमति भएको हो।
अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनले पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा गरेको छ।
नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएकाे अायल निगमले जनाएकाे छ।
करिब २८ वर्ष बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका सुनिल केसी हाल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । तत्कालीन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका केसी सन् २००८ मा फाइनान्सियल मार्केट हेड भएपछि एनएमबी बैंकको नायब महाप्रबन्धकका रुपमा प्रवेश गरेका थिए । २०७३ साल चैत १ गतेबाट प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका केसी यसअघि एनएमबी बैंकमा नै नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका केसीले एनएमबी बैंकलाई उत्कृष्ट बैंक बनाउने अभियानमा लागेको बताउँछन् । उनै अनुभवी केसीसँग नागरिक परिवारका लागि विश्वमणि पोखरेल र विष्णु बेल्वासेले गरेको कुराकानी :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिबाट जोगिन ठूलो संख्यामा चिनीयाँ कम्पनीले नयाँ तरिका अपनाएका छन्। ‘चीनमा निर्मित’को साटो उत्पादित बस्तुका ट्यागमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालिएको छ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार ६.७७ अंकले बढेर १२ सय १७.६५ अंकमा पुगेको छ। आज कुल कारोबार पनि सोमबारको तुलनमा वृद्धि भएको देखिएको छ।
रुपन्देहीमा तरकारीको मुल्य ह्वात्तै बढेकाे छ। अाउँदै गरेकाे तिज र चाडपर्वहरुकाे मौका छोपेर व्यापारीहरुले मुल्य अचाक्ली बढाएका हुन्।
२०७४ भदौ २४ : सेतो आलु– ३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायो साग– ६५ रुपैयाँ प्रतिकिलो । २०७५ भदौ २४ : सेतो आलु – ६८, काउली – १ सय २५, बोडी – ८५, रायो साग– १ सय २५ रुपैयाँ प्रतिकिलो।
दुईतिहाई बहुमतसहित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली सरकारमा आएसँगै पेट्रोलियम पदार्थ बढेको बढ्यै छ। फागुनमा सरकार बनाएका ओलीको कार्यकालको १ सय दिनभित्रै ५ पटक मूल्य वृद्धि भएपछि चर्काे विरोध भएको थियो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले आउँदो दसैँ छेक पारेर मन्त्री परिषद् बैठकले वृद्धभत्ता वृद्धिको निर्णय लिन सक्ने संकेत गरेका छन्।
भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ। वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८.३० भारतीय रूपैयाँ र मुम्बइमा ८५.७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ।