विद्युतीय माध्यमबाट भुक्तानी गर्दा करको १० प्रतिशत रकम फिर्ता
आन्तरिक राजस्व विभागले विद्युतिय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्थाको सुरुवात गरेको छ।
आन्तरिक राजस्व विभागले विद्युतिय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्थाको सुरुवात गरेको छ।
यतिखेर आम नागरिक चरम मूल्यवृद्धिको अनुभव गरिरहेका छन्। बजारमा चामल, दाल, तेल सबैको मूल्य बिनाकारण अकासिएको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो।
जिल्लाको सबैभन्दा पुरानो सामुदायिक क्याम्पस मकवानपुर बुहुमुखीका विद्यार्थी शुल्कवृद्धिको विरोधमा १६ दिनदेखि रिले अनसनमा बसेका छन्।
दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष दशककै सबभन्दा सुस्त गतिमा विस्तार भएको अधिकारीहरूले जनाएका छन्। अमेरिका र चीनबीच लामो समयसम्मको तनाव र बजारमा आएको मन्दीले अर्थतन्त्रमा असर पारेको त्यहाँको केन्द्रीय बैंकले बुधबार जनाएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्ने बताएका छन्।
सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड तय गरेको छ। पाँच दिन अघि बिहीबार प्रतितोला ७४ हजार पाँच सय रहेको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ७६ हजार रुपैयाँ पुगेको छ।
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन आज बजार खुल्ने बित्तिकै एक हजारले वृद्धि भई तोलामा ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ।
पञ्चायतकालमा सरकारले चाहेअनुसार वृद्धिदर देखाउन रातभरि क्यालकुलेटर राखेर नयाँ हिसाब निकालिन्थ्यो भनेर त्यसबेला राष्ट्रिय योजना आयोगमा काम गरेका अर्थशास्त्री सुनाउने गर्छन्। झ्यालबाट हेरेर मौसमअनुकूल आर्थिक वृद्धिका तथ्यांक जारी गर्ने र सरकारअनुकूल तथ्यांक बनाउने प्रवृत्तिले मुलुकको हित गर्दैन।
नेपालको आर्थिक वृद्धि सन् २०२०मा ६.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धिदर गर्ने लक्ष्य लिएको भए पनि विश्व बैंकले बिहीबार राजधानीमा सार्वजनिक गरेको ‘नेपाल विकास अद्यावधिक’ प्रतिवेदनमा वृद्धिदर ६.७ प्रतिशतमा सीमित हुने जनाएको छ।
विश्व बैङ्कले सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।
पछिल्लो २८ वर्षमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १३०.५ प्रतिशतले बढेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले मंगलबार सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।
उपभोक्ता अधिकारकर्मीहरुले बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुहरुको गुणस्तरमा कमि आएको र मुल्यवृद्धि अत्याधिक भएको बताएका छन्।
इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन्।
लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर–धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ। छ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी छन् भने यो बाटो निर्माण शुरु भएको लगभग छ वर्ष भइसकेको छ।