सरकारी लक्ष्यलाई सघाउन विश्व बैंक प्रतिबद्ध
आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हरसम्भव सहायता उपलब्ध गराउने प्रतिबद्धता विश्व बैंकले व्यक्त गरेको छ।
आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हरसम्भव सहायता उपलब्ध गराउने प्रतिबद्धता विश्व बैंकले व्यक्त गरेको छ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुद्रास्फीति ६.१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ३.८६ प्रतिशत थियो। यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
चालू आर्थिक वर्षको तीन महिनामा सुर्खेतमा बलात्कारका २३ वटा घटना दर्ता भएका छन्। तीमध्ये सामूहिक बलात्कार घटना तीनवटा छन्।
सन् २०१८ मा एक लाख ५४ हजार चिनियाँ पर्यटक नेपाल भित्रिए। सन् २०१९ को अगस्टसम्म आएका चिनियाँको संख्या एक लाख ६ हजार छ। आगमनको अनुपात हेर्दा कुनै अवरोध नभए सन् २०१९ मा पनि पोहोरकै हाराहारी चिनियाँ नेपाल आउने अनुमान व्यवसायीको छ। यसबाट उनीहरु सन्तुष्ट भने छैनन्।
लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतबार भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने दाबी गरेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक अधिक माग हुने कतिपय ताजा तरकारीको मूल्य दोब्बर भएको छ। अधिकांशको मूल्य ५० प्रतिशतभन्दा माथि छ। गत हप्तासम्म प्रतिकिलो ५५ रहेको बोडीको मूल्य एक सय पाँच पुगेको छ। त्यस्तै, सिमी ७५ बाट एक सय २५, करेला ५५ बाट ९५, खुसार्नी ७५ बाट एक सय ५५ पुगेको छ।
जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ। आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) गर्दा यो तथ्य सार्वजनिक भएको हो।
नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ।
सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिहीबार दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता प्रदिपचन्द्र भट्टराईले जानकारी दिए। ‘हामीले मन्त्रालयमा निर्णय गरी दुग्ध विकास संस्थानलाई स्वीकृति दिएका छौं,’ भट्टराईले भने, ‘अब त्यसलाई संस्थानले कार्यान्वयन गर्छ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका कृष्णसार फष्टाउँदै गएका छन्। शुक्लाफाँटाको हिरापुर फाँटामा ४२ कृष्णसार स्थानान्तरण गरिएका थिए। अहिले कृष्णसारको संख्या ८९ पुगेको छ। जसमा ३१ भाले, ३६ पोथी, २२ बच्चा रहेका छन्।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा विस्तार भएसँगै आन्तरिक आम्दानीमा वृद्धि भएको छ। अस्पतालले अत्यावश्यक सेवा सञ्चालन भएपछि आम्दानी बढेको जनाएको छ।अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार गत आर्थिक वर्षमा ३२ करोड ५२ लाख ८२ हजार आम्दानी भएको हो। अघिल्लो आर्थिक वर्ष भन्दा यस वर्ष १३ करोड ११ लाख ४३ हजार बढी आम्दानी भएको जनाएको छ।
अर्थमन्त्री युवराज खतिवडाले आठ प्रतिशत वृद्धिको लक्ष्य राखेर गत आर्थिक वर्षको बजेट ल्याए पनि यथार्थमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत भएको छ।
काठमाडौं महानगरपालिकाले पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशलाई दिँदै आएको मासिक भत्तामा वृद्धि गरेको छ। त्यसैगरी जिवित कुमारी र जिवित कुमारीको स्याहार–सुसार गर्ने चिताइदाराको पनि मासिक भत्तामा महानगरपालिकाले बृद्धि गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक वृद्धिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको दावी गरेका छन्।