१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

सुनको भाउ अहिलेसम्मकै उच्च, बीस दिनमै चार हजारले वृद्धि

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन आज बजार खुल्ने बित्तिकै एक हजारले वृद्धि भई तोलामा ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन भने तोलामा ७५ हजार २ सय रुपैयाँमा कायम भएको छ। शुक्रबार तेजाबी सुनको मूल्य ७४ हजार २ सय रुपैयाँ थियो। चाँदीको मूल्य भने प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार पनि चाँदीको मूल्य ९ सय रुपैयाँ नै थियो।

यही पुस १ गते छापावाला सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आजसम्म आइपुग्दा छापावाल र तेजाबी सुन २० दिनको अन्तरालमा प्रतितोला चार हजार रुपैयाँले वृद्धि भएको छ। पुस १ गते प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको चाँदी आज २० दिनमा आइपुग्दा ५० रुपैयाँले वृद्धि भएको छ।

महासघंका अनुसार गत मङ्सिरमा सामान्य अङ्कले ओरालो लागेको सुनचाँदीको बजारमा पछिल्ला दिनमा भने उल्लेख्य मूल्य वृद्धि भएको छ। गत मङ्सिर १ गते छापावाल सुन प्रतितोला ७१ हजार ८०० रुपैयाँ, तेजाबी सुन ७१ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ८५५ रुपैयाँमा कारोबार भएको थियो। सोही महिनाको २० गते छापावाला सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँ, तेजावी सुन ७१ हजार ४०० रुपैयाँ र चाँदी ८५० रुपैयाँमा कारोबार भएको थियो।

एक महिनाको अवधिमा भने छापावाला र तेजाबी सुन तीन हजार ८०० रुपैयाँले वृद्धि भएको छ। अमेरिका र इरानबीचको विवादले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारसमेतमा परेको जनाइएको छ।

प्रकाशित: २० पुस २०७६ ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App