१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

बजार अनुगमन प्रभाकारी नहुँदा मुल्यवृद्धि

काठमाडौं– उपभोक्ता अधिकारकर्मीहरुले बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुहरुको गुणस्तरमा कमि आएको र मुल्यवृद्धि अत्याधिक भएको बताएका छन्। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गठन गरेको उपभोक्ता हित अनुगमन उपसमितिको मंगलबारको बैठकमा उपभोक्ताकर्मीहरुले नीतिगत व्यवस्था र अनुगमन गर्ने विभागमा सुशासनको अभाव हुँदा अनुगमन प्रभावित भएको बताएका हुन्।

उनीहरुले बजार महँगो हुनुका साथै गुणस्तरहिन वस्तु आउँदासमेत अनुगमन हुन नसकेको बताएका छन्। अत्यावश्यक वस्तुहरु दुध, तरकारी, पानी, तेल, औषधीलगायतका वस्तुको गुणस्तर र मूल्यमा अनुगमन आवश्यक रहेको उनीहरुको भनाई छ।

बैठकमा उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मुल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्ने विषयमा उपभोक्ताकर्मीहरुसँग पहिलो चरणको छलफल गरिएको उपभोक्ता हित अनुगमन उपसमिति संयोजक नरबहादुर धामीले बताए। उनले अत्यावस्यक उपभोग्य वस्तुमा अनुगमन आवशयक रहेको बताए।

उपसमितिले दुध, पानी, दाल, चामल, तेल, औषधीलागयतका उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मुल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तरलगायतमा अनुगमन गरी एक महिनाभित्र समितिमा प्रतिवेदन बुझाउनु पर्नेछ।

प्रकाशित: १७ मंसिर २०७६ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App