४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

मुटुको नियमित परीक्षणका लागि मुख्यमन्त्री पौडेल काठमाडौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका हुन्।

सबै वडामा स्वास्थ्य संस्था

गत वर्ष सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा चिकित्सकसहितको स्वास्थ्य संस्था र हरेक वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्थापना गर्ने नीति लिएको थियो।

एमबिबिएसका विद्यार्थीसँगै चिकित्सक पनि दुर्व्यसनमा

मेडिकल कलेजभित्र चिकित्सक नै लागुऔषध सेवन गर्छन् र त्यही चिकित्सकले नै बिरामीको उपचार गर्छन्। चिकित्सकलाई समाजमा निकै नै प्रतिष्ठित व्यक्तिका रुपमा मानिन्छ। डाक्टर पढ्न पठाएका छोराछोरी नै लागुऔषधमा फसेपछि बुबाआमा र अभिभावक चिन्तित भएका छन्।

एचआइभी सङ्क्रमित सिरिन्ज प्रयोग गरेको आरोपमा चिकित्सक पक्राउ

पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्।

स्वास्थ्यवर्धक जुस

‘कुन जुसले बढी फाइदा लिन्छ भनी चिकित्सकसँग सरसल्लाह ग-यौं,’ निरोजले भने, ‘त्यसपछि स्वास्थ्यवर्धक जुस पसल खोल्ने निश्कर्षमा पुगेका हौं।’

महामारी फैलिएको हुम्लामा चिकित्सक र औषधि

अज्ञात रोगले महामारीको रुप लिएपछि गाउँमा औषधि सहित चिकित्सकको टोली पुगेको छ। नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका पहलमा आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरले चिकित्सक सहित औषधि गाउँमा पु-याएको हो।

धामी–झाँक्रीले उपचार गर्न सक्छन् ?

हाम्रो देशमा बिरामी पर्दा भूत, प्रेत, मसान, वनझाँक्री, नागदेवता लागे कि भनेर धामी–झाँक्रीलाई देखाउने, झारफुक गर्ने र चिना देखाएर ग्रह दशा ठीक छन् छैनन् भनेर हेर्ने चलन छ।

डाक्टरहरू सहरमा केन्द्रित हुँदा समस्या

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अधिकांश सरकारी डाक्टर सहरमा मात्र बस्न खोज्दा सबै क्षेत्रमा समान किसिमको स्वास्थ्य सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार खोटाङको दिक्तेलमा आयोजना गरेको ग्रामीण समुदायमा आधारभूत स्वास्थ्य सेवा सुधारसम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रममा उनले अबका दिनमा बिरामी जहाँ छन् त्यही डाक्टर जाने परिस्थिति सिर्जना गर्न राज्य कडा ढंगले लाग्ने स्पष्ट पारे। ‘८० प्रतिशत जनता गाउँमा बस्छन् तर ८० प्रतिशत डाक्टर सहरमा बस्छन्,’ उनले भने, ‘गाउँमा डाक्टर नबसेपछि ८० प्रतिशत जनता स्वास्थ्य सेवा लिन सहर दौडन बाध्य छन्। अब जहाँ बिरामी छन्, त्यहाँ डाक्टर जानुपर्छ। राज्य यसमा कडा ढंगले लाग्छ।’

ओपिडी सेवा ठप्प भएपछि बिरामी मर्कामा

चिकित्सकको आन्दोलनका कारण विराटनगरस्थित कोसी अञ्चल अस्पतालको बहिरंग (ओपिडी) सेवा ठप्प भएको छ। चिकित्सक समायोजनको विषयमा असन्तुष्टि जनाउँदै अञ्चल अस्पतालमा कार्यरत चिकित्सक आन्दोलित भएपछि ओपिडी सेवा ठप्प भएको हो। अस्पतालको ओपिडी सेवा ठप्प भएपछि यहाँ उपचारका लागि आउने बिरामी मर्कामा परेका छन्।

संघले डाक्यो भेला

सरकारले आन्दोलनरत चिकित्सकलाई धरपकड गर्न थालेपछि भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघले बिहीबार बृहत् छलफल गर्ने भएको छ। नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले आन्दोलनरत चिकित्सकको कुरा सुनुवाइ गर्नुको साटो बल प्रयोग गर्न थालेपछि यस विषयमा छलफल गर्न भेला बोलाएको स्पष्ट पारे।

सरकार–चिकित्सक आ–आफ्नै अडानमा

समायोजनलाई लिएर सरकार र चिकित्सकबीच खिचातानी हुँदा पाँचदेखि जारी हडतालले सरकारी स्वास्थ्य संस्थाहरू अस्तव्यस्त बनेका छन्। समायोजनप्रति असन्तुष्टि जनाउँदै शुक्रबारबाट इमर्जेन्सीबाहेकका सम्पूर्ण सेवा बहिस्रहेका चिकित्सकका कारण बिरामीले मार खेप्नुपरेको छ। यसले बिरामी तथा सेवाग्राहीलाई असुविधामात्र होइन अस्पतालको नियमित आम्दानीको स्रोतसमेत गुमेको छ।

चिकित्सकको हडतालले बिरामी अलपत्र !

एक्सरे गरेर हेर्दा आन्द्रामा गाँठो देखिएपछि शल्यक्रियाका लागि सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका ७० वर्षीय बलराम नेपाली काठमाडौैं आएका थिए। डाक्टरले शुक्रबारको समय दिएका थिए। तर शुक्रबारदेखि नै समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै अपरेसन गर्ने चिकित्सक हडतालमा उत्रिएपछि उनको शल्यक्रिया हुन सकेन।

कर्णाली–सुदूरपश्चिम मर्कामा

सरकारले हालसालै गरेको चिकित्सकको समायोजनले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई असर पारेको छ। संघीय सरकारले खटनपटन गर्दा निश्चित अवधिका लागि भए पनि चिकित्सक सुदूरपश्चिम र कर्णाली प्रदेशमा जानैपर्ने अवस्था थियो। तर सरकारले हालै चिकित्सक समायोजन गर्दा न्यून संख्यामा मेडिकल अधिकृतहरु कर्णाली र सुदूरपश्चिम प्रदेशमा परेका छन्। यसबाट ती दुई प्रदेशका नागरिकले प्राथमिक स्वास्थ्यसेवाबाट वञ्चित हुनुपर्ने अवस्था आएको नेपाल चिकित्सक संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठको भनाइ छ।

सरकारी चिकित्सक हडतालमा

समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक हड्तालमा उत्रिएपछि देशभरका अस्पतालमा स्वास्थ्यसेवा ठप्प भएको छ। आकस्मिकबाहेक सेवा ठप्प पारेर चिकित्सक हडतालमा उत्रिएपछि बिरामी मारमा परेका छन्। आफूहरूलाई संघमै समायोजन गर्नुपर्ने माग राखेर चिकत्सक हडतालमा उत्रिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्