४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नयाँदिल्लीको अस्पतालमा आठ स्वास्थ्यकर्मी संक्रमित

भारतको नयाँदिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोराना भाइरसको संक्रमण भएको छ।

सुदुरपश्चिममा सरकारले पठायो ३४ जना चिकित्सक

पछिल्लो २४ घण्टामा कुनैपनि व्यक्तिमा कोरोना भाइरस संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

थप चिकित्सक टोली सुदूरपश्चिम आउँदै

कोरोना भाइरस सङ्क्रमणको जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा सङ्घीय स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले ३३ जना चिकित्सकलाई यहाँ पठाएको छ।

इनरुवा अस्पताललाई ५० थान पिपिई

जिल्ला अस्पताल इनरूवामा कार्यरत चिकित्सकका लागि आइतबार ५० थान पिपिई प्रदान गरिएको छ। काठमाडौंमा रहेको भृकुटीदेवी ट्रस्टले पिपिई प्रदान गरेको हो। संस्थाले दस थान चस्मा, ग्लोब्स, बुट कभर र एन ९५ मास्क पनि हस्तानतरण गरेको जानकारी दिइयो।

'कोरोना कोषमा जम्मा गर्न स्वास्थ्यकर्मीको तलब कटिएको छैन'

कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब अहिलेसम्म कट्टी नगरिएको सरकारले बताएको छ।

नक्कली चिकित्सक प्रहरी नियन्त्रणमा

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको  भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ।

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु

कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको  शुक्रबार बिहान मृत्यु भएको छ।

चिकित्सकमा तर्सने रोगः बिरामी र आफन्त  तनावमा

झापाको कनकाईस्थित एक औषधि पसलमा सामान्य स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गर्न नमानेपछि बिरामी साथै परिवारमा मानसिक तनाव बढेको छ।

‘लकडाउन’को समयमा घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जोखिमवाट बच्न सरकराले लकडाउन गरेको छ। लकडाउन र कोरोना जोखिमको कारण अस्पतालमा पुगेर उपचार गर्ने अवस्था छैन। घरैमा बसेर चिकित्सकको सल्लाह चाहिएमा मोबााइन एप्समार्फत लिन सकिने भएको छ।

चिकित्सकलाई पिपिई अभाव

कोरोना भाइरस (कोभिड—१९) संक्रमित युवती चढेको कतार एयरबाटै नेपाल आएका बागलुङ ढोरपाटन–५ का अजय विकको स्वास्थ्य परीक्षण गर्न चिकित्सक उनको घरमा पुगे। तर चिकित्सक आफूसँग पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) नभएका कारण विकको स्वास्थ्य जाँच नगरी दुई मिटर टाढैबाट सामान्य सोधपुछ गरेर फर्किए।

चिकित्सक र सुरक्षाकर्मीलाई नगरपालिकाले बाड्यो ३० सेट पीपीई

कोरोना भाइरस रोकथामका लागि यहाँको कमलामाई नगरपालिकाले ३० ओटा पीपीई सेट वितरण गरेको छ। कोरोना संक्रमणका सम्भावित बिरामीलाई सेवा दिनका लागि चिकित्सक तथा अन्य सरोकारवाला निकायलाई आवश्यक पर्ने पीपीई(पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) मास्क, सेनिटाइजर र डिस इनफेक्टिङ लिक्विड विरतण गरेको कमलामाई नगरपालिकाले जनाएको छ।

विल्फर्डले डाक्टरलाई खान बस्न दिने

कोरोना भाइरसका लागि खटिने चिकित्सकका लागि क्रिस्टल प्यालेसका विंगर विल्फर्ड जाहाले आफ्नो घरमा निशुल्क खानपिन र बसोबासको व्यवस्था गर्ने घोषणा गरेका छन्।

कोरोनाको सामना गर्न तयार रहेको चिकित्सक संघको भनाइ

नेपाल चिकित्सक संघले कोरोना भाइरस (कोभिड—१९) को सामना गर्न सरकारलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्