४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

इनरुवा अस्पताललाई ५० थान पिपिई

इटहरी – जिल्ला अस्पताल इनरूवामा कार्यरत चिकित्सकका लागि आइतबार ५० थान पिपिई प्रदान गरिएको छ। काठमाडौंमा रहेको भृकुटीदेवी ट्रस्टले पिपिई प्रदान गरेको हो। संस्थाले दस थान चस्मा, ग्लोब्स, बुट कभर र एन ९५ मास्क पनि हस्तानतरण गरेको जानकारी दिइयो।

यसअघि इनरूवा नगरपालिकाले क्वारेन्टाइनमा बस्ने स्वास्थ्यकर्मीलाई चार थान पिपिइ प्रदान गरेको थियो। कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री पीपीई चार जना स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिएको थियो। 
 

प्रकाशित: ३० चैत्र २०७६ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App