२० आश्विन २०८१ आइतबार
image/svg+xml

सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ।

स्विमिङ पुलमा डुबेर किशोरको मृत्यु

पोखरामा स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएको छ। पोखरा तेर्सापट्टीस्थित सि.एम. स्विमिङ पुलमा पौडी खेल्न पुगेका पर्वत घर भई पोखरा–५ मालेपाटनमा परिवारसँगै बस्दै आएका १३ वर्षिय किशोर दीपेश शर्माको शनिबार दिउँसो डुबेर मृत्यू भएको कास्की प्रहरीले जनाएको छ।

'यति वर्षपछि म आजको रात शान्तिसँग सुत्नेछु'

'मैले आफ्ना भावनाहरू कहिल्यै कसैलाई बाँडिन। तर, आज मलाई लाग्छ कि मैले भन्नुपर्छ। मेरो सन्तान रिहानको जन्मपछि जीवन पहिले जस्तो भएन। मलाई थाहा छैन म र मेरो श्रीमानले यी सबै आघातहरूको सामना कसरी गर्या। तर हामीले गर्यौं! खुशी आँसुमा परिणत भयो र अनिन्द्राका ती रातहरु।'

मानसिक अस्पतालप्रति सरकारको चासो

मुलुकको एक मात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ। २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नतिको गरिने भएको हो।

अष्टभुजाकार कृष्ण मन्दिरको जीर्णोद्धार सम्पन्न

पाटन दरबार क्षेत्रमा बुधबार साँझ आएका अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीलाई सयपत्री फूलको मालाले स्वागत गरियो।

बैतडीमा १ सय १३ वर्षीया मानमतीले गरिन् मतदान

बैतडीमा एक सय १३ वर्षीया वृद्धाले मतदान गरेकी छिन्। पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट सोही ठाउँकी मानमती भट्टले मतदान गरेकी हुन्।

बैंकिङ अपराधका दोषी पक्राउ

उच्च अदालत पाटनको २०७८ फागुन १० को फैसलाले बैंकिङ कसुर मुद्दामा रु २० लाख जरिवाना र पाँच दिन कैद सजाय हुने ठहर भइ उनी फरार हुँदै आएका थिए।

पाटन–जावलाखेल–पुलचोक धुम्रपान निषेधित क्षेत्र

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ।

बतास समूहले पाएको अल्पकालीन आदेश खारेज

उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले हिजाे अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो।

ढोरपाटनमा हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग

शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो।

कोरोना देखिएपछि विद्यालय बन्द

जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो।

रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै

मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाहा पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे। त्यसपछि यहाँ वर्षा भयो र पुनःसहकाल लाग्यो। यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आइएको छ।

अब खाद्यान्न ढुवानी सहजः अल्पकालीन अन्तरिम आदेश खारेजी

खाद्यान्न ढुवानी गर्ने ठेक्का आफूले नपाएपछि समिट एअरले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ढुवानी व्यवस्था सहज हुने भएको छ।

राष्ट्रपति शनिबार ढोरपाटन भ्रमणमा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन जाने भएकी छन्। राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्