१५ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्री उपस्थित संसदमा पुडासैनी र रवी लामिछाने प्रकरण उठ्यो, सांसदले के भने?

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण र प्रस्तोता रवी लामिछानेको गिरफ्तारीको विषय संसदमा प्रवेश गरेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना सांसदले यो विषयलाई  प्रतिनिधिसभाको आइतबारको बैठकमा उठाएका हुन्। आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामकारवाही र समसामयिक विषयमा सम्बोधन गरेका थिए।

खडेरी तथा वर्षा पीडितलाई राहत माग

खोटाङका तीन प्रदेशसभा सांसदले खडेरी तथा वर्षा पीडित सर्वसाधारणलाई तत्काल राहत पुर्याउन माग गरेका छन्। प्रदेशसभा सांसद उषाकला राई, राजन राई र रामकुमार राईले प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई भेट गरी खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका खडेरी तथा वर्षा पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका हुन्।

सांसदको प्रश्न : गाई धपाउने काममा अर्बौं रुपैयाँ !

दस्य विन्दा देवी आले मगरले प्रधानामन्त्री रोजगार कार्यक्रमका नाममा राज्यकोषको रकम कनिका छरेर सक्ने काम भएको टिप्पणी गरेकी छन्।

प्रदेश सांसद र मुख्यमन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रदेश २ मा सरकारको काम, कारबाहीबाट असन्तुष्ट तथा भ्रष्टाचारलगायत विषयमा प्रदेश सांसदले मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सक्ने भएको छ। प्रदेशसभामा उठेका सवाल सम्बोधन गर्न सरकारले चासो नदेखिएपछि प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गरी यस्तो व्यवस्था कायम गरिएको हो। ‘मुख्यमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष रूपमा सम्बन्धित महŒवपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा समय निर्धारण गर्न सक्नेछ,’ प्रदेशसभा कार्य सञ्चालन नियमावली (पहिलो संशोधन) २०७६ को नियम ५६ मा उल्लेख छ।

सांसद किँराती भन्छन् : बेथितिले सीमा नाघ्यो, सहने शक्ति कहाँबाट आर्जन गरौं ?

सांसद सुदन किराँतीले सबै तर्फ वेथितिहरु देखा परेको भन्दै ‘वेथितिले सीमा नाघेको बताएका छन्। संसदको शून्य समयमा बोल्दै उनले भने, 'बेथितिले सीमा नाघ्यो सहने शक्ति कहाँबाट आर्जन गरुँ ?’

भाेलि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने चेतावनी

प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका छन।

राधजानी नतोकिँदा अन्योलमा जनता, सकसमा सांसद

बर्दियाकी कृष्णी चौधरीलाई प्रदेशसभामा प्रतिनिधित्व गर्दा गहन जिम्मेवारी थियो, पायक थलोमा प्रदेश राजधानी बनाउने। संविधानतः स्थायी राजधानी तोक्ने सर्वोच्च निकाय प्रदेशसभाको नेतृत्वकर्ताकै रूपमा उपसभामुख पदमा चयन हुँदा राजधानी मुद्दा उनलाई झनै पेचिलो बन्नु स्वाभाविकै थियो। प्रदेशको पुछारमा रहेको जिल्ला बर्दियाबासीले प्रदेशसभाको उपसभामुख पदमा आसिन चौधरीबाट पायक थलो चयन हुने अपेक्षा गर्नु स्वाभाविकै थियो।

प्रधानमन्त्री र सांसदको श्राद्ध गर्ने हिरासतमा

प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्रीहरु, नेपालका आठ सय ८४ जना सांसदको श्राद्ध गर्ने हेटौंडा २ का राकेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

बाढीपहिरो पीडितलाई काँग्रेस सांसदको सहयोग

प्रदेश नम्बर ३ को नेपाली काँग्रेसका सांसदहरुले पाँच दिनको पारिश्रमिक(तलब) बाढी पहिरो पीडितहरुलाई सहयोग गरेका छन्। २१ जना सांसदको पारिश्रमिक एक लाख ६० हजार रुपैयाँको चेक आइतबार कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले मुख्यमन्त्री डोरमणि पौडेललाई प्रदान गरिन्।

सांसदलाई गाउँ पठाउँदै नेकपा

आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन भएका योजनाको समीक्षा र २०७६/७७ को नीति तथा कार्यक्रमको जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सांसदहरू गाउँ जाने भएका छन्। नेकपाको संसदीय समितिको १० गतेदेखि १२ गतेसम्म बसेको बैठकले यस्तो निर्णय गरेको हो।

सन्तानले ‘बाबुआमाको खातामा रकम जम्मा गर्नुपर्ने’ विषयमा सांसदहरूबीच मतभेद्

ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको बुँदा ८ को ‘क’ मा राखिएको ‘पारिश्रमिक वा रकम जम्मा गर्नुपर्ने’ भन्ने बाध्यकारी व्यवस्थाले बाबुआमा र छोराछोरीबीचको सम्बन्ध राम्रो बनाउनुको सट्टा बिगार्न सक्ने तर्कहरू समिति सदस्यहरूले गरेपछि यो विषय पेचिलो बन्दै गएको छ।

संसदमा ‘बिहे गर्न २० वर्ष पुग्नुपर्ने, रक्सी पिउन ६ वर्ष भए हुने?’ भनेपछि...

सांसदहरुले मदिरा नियन्त्रण गर्न माग गरेका छन्। मदिरामा कुनै नियन्त्रण नहुँदा अपराध बढेको भन्दै सांसदहरुले बुधबारको राष्ट्रियसभा बैठकमा अपराध नियन्त्रणका लागि पनि सरकारले मदिरामा कडाई गर्नुपर्ने माग राखे।

महिला सांसदलक्षित ट्रम्पको रंगभेदी भनाइको निन्दा

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले चार जना महिला सांसदलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिको सांकेतिक रूपमा निन्दा गर्दै खेद प्रस्ताव पारित गरेका छन्। संसदले पारित गरेको उक्त खेद प्रस्तावमा ट्रम्पको अभिव्यक्ति विभेदकारी भएको र त्यसले डर एवं घृणालाई वैधता दिएको भन्ने मत छ।

सेवानिवृत्तलाई दोहोरो सुविधा दिनुहुन्नः समिति

सांसदहरूले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने कानुनी व्यवस्था गर्न सुझाव दिएका छन्। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भइरहेको छलफलमा उनीहरूले सेवा निवृत्तिपछि राजनीतिक नियुक्ति पाउने व्यक्तिले दोहोरो आर्थिक सुविधा लिन नपाउने कुरा कानुनमै उल्लेख गर्न आवश्यक रहेको बताए।

ट्रम्प र चार महिला सांसदबीच आरोप–प्रत्यारोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विट आक्रमणमा परेका चारजना अमेरिकी महिला सांसदले ट्रम्पले आफ्ना असफल नीतिहरुबाट ध्यान अन्तै मोड्न विभेदकारी टिप्पणी गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्