१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २२:२६ अपराह्न

पोखरालाई पर्यटकीय राजधानी घोषणाको एकवर्षः के पायो पोखराले ?

पर्यटनको राजधानी बनेसँगै पोखरा क्षेत्रको विकास निर्माणको ढोका खुल्ने, अपुरा पुर्वाधारले पूर्णता पाउने र पर्याप्त लगानी भित्रिने व्यावसायीको अपेक्षा थियो। पोखराको पर्यटन क्षेत्र २४ सै घण्टा खुल्ने, पोखरा क्षेत्रमा पूर्वाधार निर्माणका लागि सरकारले बजेटमा प्राथमिकता दिने, पोखरा आएका पर्यटकको बसाई अवधि र खर्च गर्ने क्षमता बढ्ने भन्दै व्यावसायी निकै हौसिएका थिए।

पर्यटकीय राजधानीको सडकमा फोहोरको डंगुर

पर्यटकीय राजधानी पोखराको सडकमा यतिबेला फोहोरको डंगुर देख्न सकिन्छ। नियमित रुपमा फोहोर व्यवस्थापन गरिरहेको ठाउँमा स्थानीयको अवरोध भएपछि केहीदिनदेखि पोखरा सहरको फोहोर उठेको छैन। पर्यटकीय सहर पोखराको मुख्य र भित्री सडकको चोकचोकमा यतिबेला फोहोरको थुप्रो लागेको छ। चोकचोकमा फोहोरको थुप्रो थपिँदै जाँदा यहाँ दूर्गन्ध फैलिन थालेको छ।

पोखरा किन पर्यटकीय राजधानी ?

नेपाल भित्रिएका तेस्रो मुलुकका विदेशी पाहुनामध्ये करिब ४० प्रतिशत पोखरा आउने पर्यटन व्यावसायीको अनुमान छ।

पर्यटकीय राजधानी घोषणाले पोखराको ‘ब्राण्डिङ’ हुनेछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पाउनु ऐतिहासिक अवसर रहेको बताएका छन्। मुलुकको पहिलो पर्यटकीय राजधानी घोषणा गर्न पाउँदा आफूलाई हर्ष लागेको उनले बताए।

प्रधानमन्त्रीले आज पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने, यस्तो छ तयारी

गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आज पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो।

पोखरालाई आज पर्यटकीय राजधानीको रूपमा घोषणा गरिँदै

पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आथित्यतामा सुन्दर फेवातालको किनार बाराहीघाटमा आज पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ।

फागुन पहिलो साता पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिको सुझाव

पोखरालाई फागुन पहिलो साता पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिले सुझाएको छ। पोखरालाई पर्यटकीय राजधानी बनाउनेबारे अध्ययन गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति बनाएको थियो । त्यही समितिले प्रतिवेदन बुझाउँदै फागुन पहिलो साताको समय दिएको हो।

पोखरालाई पर्यटकीय राजधानीको ‘ललीपप’!

बोलीचालीको भाषामा पोखरालाई देशकै पर्यटकीय राजधानी भन्दै आइएको छ। पर्यटन व्यवसायीले पनि पोखरालाई पर्यटकीय राजधानी भन्दै देशविदेशमा बजारीकरण गर्दै आएका छन्। तर, सरकारले भने अझैसम्म पोखरालाई पर्यटकीय राजधानीको आधिकारीक मान्यता दिएको छैन। सरकारका मन्त्रीहरुले बेलाबेला पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि प्रक्रिया अघि बढाएको आश्वासन दिँदै आएपनि मूर्त रुप भने पाएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्