१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

चोरीका मोटरसाइकलसहित पक्राउ

जिल्ला प्रहरी कार्यलय धादिङले तीनवटा चोरीको मोटरसाइकल सहिति तीनजनालाई पक्राउ गरेको छ। शनिबार बेलुकी धुनीबेंसी नगरपालिका–५ स्थित प्रभात अर्यालको आँगनमा राखेको बा७२प ९५९८ नम्वरको बाइक हराएको उजुरीपछि खोजी गर्ने क्रममा थप दुई मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए।

धादिङमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ गौमती पुलनजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ४११४ नं.को ट्रकले  विपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एककाे अवस्था गम्भीर

जिल्लास्थित हरिपुरमा आइतबार दिउँसो भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा लालबन्दी नगरपालिका–१, नेत्रगञ्ज निवासी ३५ वर्षीय राम एकवाल गुप्ताको मृत्यु भएको हो।

अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल

रौतहटको दुर्गा भगवती गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल प्रदान गरेको छ। पालिका क्षेत्रअन्तर्गतका तीनवटा सामुदायिक विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत २५३ छात्रालाई एक समारोहबीच सोमवार निःशुल्क साइकल प्रदान गरिएको हो। गाउँपालिकामा रहेका सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहिया, संस्कृत माध्यमिक विद्यालय मत्सरी र आधारभुत विद्यालय पचरुखीका छात्राहरुलाई निःशुल्क साइकल उपहार प्रदान गरिएको गाउँपालिका प्रमुख अरुण साहले जानकारी गराएका छन्।

काठमाडौंमा बाइक रेसिङ्ग प्रतियोगिता (भिडियाे)

मोटर स्पोट्स नेपालमा नयाँ खेल हो। एउटा गोलो र निश्चित ठाउँमा टिम अथवा एक अर्काबीच मोटरसाइकल रेस गर्नु नै ट्रयाक रेसिङ्ग हो। बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न र एउटा सुरक्षित क्षेत्रमा मोटरसाइकल चालकको कुदाउने कला प्रस्फुटन गर्न राजधानीमा होन्डा नेपालले आयोजना गरेको होण्डा नेपाल ड्रिम कप २०१९ को समापन भएको छ। यो नेपालको पहिलो रेसिङ्ग प्रतियोगिता हो।

यामाहा एक्सटिजी १२५

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटिजी १२५ नेपालमा सार्वजनिक गरेको छ ।

बेनेलीको तीन नयाँ मोटरसाइकल

कम्पनीको बिक्रेताहरु बुटवल, पोखरा, बिर्तामोड, चितवन, इटहरी, नेपालगन्ज, भक्तपुर, सुर्खेत, दाङ, हेटौंडा र जनकपुरमा रहेको कम्पनीले जनाएको छ। बेनेलीले १३५ देखि ६०० सिसीसम्मका मोटरसाइकल उत्पादन गर्छ।

प्रहरीले १४ करोडका कारकेड मोटरसाइकल किन्दै

राष्ट्रपतिलाई कारगेड गाडि किन्ने विषयको विवाद सेलाउन नपाउँदै सरकारले नेपाल प्रहरीलाई कारकेड मोटरसाइकल किन्न बजेट दिएको छ। नेपाल प्रहरीलाई ३० थान कार्गेट मोटरसाइकल किन्न अर्थ मन्त्रालयले भैपरी शिर्षकमा बजेट दिएको हो।

उपत्यकाका सडकमा चढ्न सकिएला साइकल ?

काठमाडौं महानगरले भएका साइकल लेनलाई पनि प्रयोगमा ल्याउन सकिरहेको छैन। साइकल प्रयोगकर्ता लागि बनाएका साइकल लेन ठूला सवारी र फुटपाथ व्यापारीले ओगटिरहेका छन्।

टिप्परकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

टिप्परको ठक्करबाट भक्तपुरमा एक जना मोटरसाइकल चालककोे मृत्यु भएको छ। बा५ख ७७४७ नम्बरको टिप्परले ठक्कर दिँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का विष्णुराज पन्तको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु, एक घाइते

फुङ्लिङमा मंगलवार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्। दुर्घटनामा मोटरसाइकलमा सवार इलाम घर भइ सिँचाई कार्यालय ताप्लेजुङमा कार्यरत २३ बर्षीया सृजना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डिएसपी सञ्जय सिंह थापाले जानकारी दिए।

विश्व एड्स दिवसमा साइकल यात्रा

गएको मंसिर २२ गते शनिवार साइकल यात्रा भयो। यात्रा विश्व एचआइभि/एड्स दिवसको उपलक्ष्यमा एचआइभि एड्सविरुद्ध चेतना फैलाउने उद्देश्यले गरिएको थियो। यात्राको आयोजना गोकर्णेश्वर नगरपालिकाको स्थानीय ‘संरक्षण ब्याण्ड’ ले गरेको थियो। जसको संयोजक सुशील अंकल हुनुहुन्थ्यो।

छात्रालाई साइकल उपहार

रौतहटको परोहा नगरपालिकाले निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत सम्पूर्ण छात्रालाई साइकल उपहार दिने अभियान नै थालेको छ। गाउँभन्दा टाढा पढ्न जानुपर्दा कक्षा छुट्ने गरेको विषयलाई गम्भीरतापूर्वक लिएर नगरपालिकाले छात्रालाई साइकल दिने अभियान थालेको हो।

छात्रालाई साइकल उपहार

रौतहटको परोहा नगरपालिकाले निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल उपहार दिने अभियान नै थालेको छ। नगरका अधिकांश विद्यालय प्राथमिक तहको रहेको र प्राथमिक तहको पढाइ पूरा गरेपछि गाउँभन्दा टाढा जानुपर्दा बालिकाको पढाइ छुट्ने गरेकोले उनीहरुलाई साइकल उपहार दिइएको नगरपालिकाले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्