११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एकै दिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा

ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ। होली पर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको हो।

टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु श्रीमान घाइते

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ। तानसेन नगरपालिका(७, लामीडाडाँमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन–७, का ५५ वर्षीय मधु श्रेष्ठको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा बारामा तीन जनाको मृत्यु भएको छ। लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

चोरीका मोटरसाइकल बरामद

काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङ्का बिभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ।

आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एक पक्राउ

सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ बजेको समयमा कलङ्कीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपाने रहेका छन्।

जिल्लाभरिमा तीनवटा मोटरसाइकल

मोटरसाइकल सहर बजारका प्रायः घरघरमा हुन्छन्। ठूलो परिवार छ भने एउटै घरमा तीन/चारवटा देखिन्छन् तर, कर्णालीको हिमाली जिल्ला हुम्लामा तीनवटा मात्र मोटरसाइकल सञ्चालनमा छन्।

ट्याकटरमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

गौशाला सम्सी सडक खण्ड अन्तर्गत पर्ने औरही नगरपालिका ४ कठुधारमा रोकि राखेको ट्याकटरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। गएराति कठुधार चेकपोस्ट नजिकै भएको सो दुर्घटनामा परि स्थानीय २२ वर्षिय उमेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकको मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरामा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नंं को मोटरसाइकलसँगै मृता भेटिएका हुन्।

अल्टिमेट हेरिटेज साइकल र्‍याली–२०१९

गएको कात्तिक ३० गते शनिबार आल्टिमेट हेरिटेज साइकल र्‍याली भयो । र्‍यालीको उद्देश्य थियो नेपाल भ्रमण वर्ष २०२० (२०७६) को प्रचारप्रसार । प्रदेश नं. ३ को सरकार र टुरिजम बोर्डको संयुक्त आयोजनामा -याली भएको थियो ।

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.२ दुवाकोट मोडबाट चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ।

बस र मोटरसाइकल ठोक्किँदा एकको मुत्यु

भिमदत्त राजमार्गको डडेल्धुरा सदरमुकामको बजार नजिक बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते छन्।

मोटरसाइकल दुर्घटनामा नेकपाका जिल्ला सदस्य परियारको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि नेकपा जाजरकोटका जिल्ला समिति सदस्य जितसिंह परियारको निधन भएको छ।

साइकलमा जनकपुर

यही मंसिर ६ गते पशुपतिनाथबाट सुरु भएको साइकलयात्रा मंसिर ८ गते जनकपुर राम मन्दिरमा पुगेर टुङ्गियो। यात्रा २५० किमिको थियो। यात्रामा साइकलयात्री र स्वयंसेवक गरी २०० भन्दा बढी व्यक्तिको सहभागिता थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्