१ माघ २०८१ मंगलबार
image/svg+xml

बेलायती ब्रान्डको सोरुम नेपालमा

बेलायतमा चर्चित ब्रान्डका सामानको सोरुम नेपालमा खुलेको छ । विशेष थरी विदेशी उत्पादनका पारखीलाई लक्षित गरी नेपालमा खुलेको यो पहिलो सोरुम हो।

मातृभाषा सिक्दै बेलायती राजदूत

सिकाइसहितको शिक्षाका लागि मातृभाषा मुख्य र त्यसपछि नेपाली तथा अंग्रेजी हुुनुपर्छ । नेपालमा १२३ भाषा रहेको तथ्यांक छ । त्यसअनुसार दक्ष जनशक्ति तयार गर्न शिक्षकका लागि तालिमको व्यवस्था गरिनेछ ।

बेलायतका प्रधानमन्त्री चीनको भ्रमणमा आउने

बेलायतका प्रधानन्त्री थेरेसा मेले चीनको भ्रमण गर्ने भएकी छन्। उनले आगामी जनवरी ३१ बाट फेब्रुअरी २ सम्म चीनको भ्रमण गर्ने तयारी भएको चिनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुङयीङले बिहीबार जानकारी दिएकी छन्।

बेलायतमा ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीबी नेपालले ग्लोबल आईएमई बैंकको वेलायतमा सम्पर्क कार्यालयको उद्धघाटन गरेका छन्। नेपालीको उच्चजनघनत्व रहेको अल्डरशटमा स्थापना गरिएको बैंक कार्यालयको आइतबारदेखी औपाचारिक रुपमा उद्धघाटन गरिएको हो।

ट्रम्पलाई ट्विटर ‘डिलिट’ गर्न बेलायती सांसदको माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमान विरोधी एउटा भिडियोलाई  उनको ट्विटर अकाउन्टबाट पुनः ट्विट गरेपछि बेलायतको एक सांसदले उनको ट्विटर अकाउन्ट बन्द गर्न माग गरेका छन्।

विवादीत 'पद्यमावती' बेलायत सेन्सरद्वारा पास

भारतमा एकदमै विवादित भएको चलचित्र पद्यमावती रिलिजका लागि सेन्सर बोर्डको अनुमती कुरिरहेको छ । मंसिर १५ गते रिलिज हुने भनिएको उक्त चलचित्र उक्त मितिमै रिलिज हुने सम्भावना निक्कै कम देखिएको थियो ।

रुसले निर्वाचनमा हस्तक्षेप गरेको बेलायती प्रधानमन्त्री मेको आरोप

बेलायती प्रधानमन्त्री थेरेसा मेले रुसमाथि हालसम्म कै सबैभन्दा कडा प्रतिक्रिया दिँदै विभिन्न देशका निर्वाचनमा रुसले हस्तक्षेप गरेको र साइबर जासुसी गरिरहेको आरोप लगाएकी छिन् । बेलायतको राजधानी लन्डनमा सोमबार साँझ आयोजना भएको उद्योगी व्यवसायीहरुको एउटा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले स्वतन्त्र समाजलाई कमजोर पार्न प्रयास गरेको आरोप लगाएकी छिन् । ‘उनीहरुले पश्चिममा जगतमा मतभेद सिर्जना गर्न गलत समाचार फैलाइरहेका छन्’ सम्बोधनका क्रममा मेले बताइन् । बेलायतले रुससँग कहिले अन्त्य नहुने खालको वादविवाद नचाहे पनि देशको राष्ट्रिय स्वार्थ भने जोगाउने उनले बताइन् । मेको यस्तो भनाइ गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको ठिक विपरित कोणबाट आएको छ । गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता स्वीकार नगरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइप्रति आफूलाई विश्वास लागेको बताएका थिए।

बेलायती महारानी एलिजावेथमाथि कर छलीको आरोप

बेलायती महारानी एलिजावेथ तथा संसारका ख्याती प्राप्त नेताहरूले कर छल्नका लागि गोप्य रूपमा लगानी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

तीन साहित्यकार बेलायतमा सम्मानित

नेपाली साहित्यमा योगदान पुऱ्याउने तीन जना स्रष्टालाई बेलायतमा सम्मान गरिएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतले एउटा साहित्यिक कार्यक्रमबीच उपन्यासकार अमर न्यौपाने, कवि गोविन्दराज विनोदी एवं गजलकार रवि प्राञ्जललाई सम्मान गरेको हो।

बेलायत काँग्रेसमा युवराज गुरुङ सर्वसम्मत

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ निर्विरोध निर्वाचित भएका छन्। समितिको शनिवार हन्स्लोमा सम्पन्न चौथो अधिवेशनले गुरुङलाई निर्विरोध निर्वाचित गरेको हो।

जाजरकोटमा अंग्रेजी सिकाउँदै बेलायती स्वयंसेवी

स्कटल्याण्डका १७ वर्षीय लुइस फोरसाइफ र वेल्सका १९ वर्षीय ग्रेफ मार्टिन खलंगास्थित त्रिभुवन माविका विद्यार्थीलाई अंग्रेजी सिकाउन लागिपरेका छन्। ‘प्रोजेक्ट ट्रस्ट युके’ बाट स्वयंसेवकका रूपमा उनीहरू एक वर्षका लागि आएका हुन्।

नेपाली पूर्व राष्ट्रिय खेलाडीहरु बेलायतमा संगठित

नेपाली पूर्व राष्ट्रिय खेलाडीहरु वेलायतमा संगठित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको बेलायत शाखा गठन गरेर उनीहरु संगठित भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्