१ माघ २०८१ मंगलबार
image/svg+xml

बेलायतमा नेपालीको घरबाट २५ लाख रुपैयाँको गरगहना चोरी

बेलायतमा नेपालीका घरमा गरगहना चोरीका घटना दिन प्रतिदिन बढ्दै गएका छन्। नेपालीको उल्लेख्य रुपमा बसोबास रहँदै आएको अल्डरशट, फानवरो, हन्स्लोलगायतका क्षेत्रमा सुनका गरगहना चोरी हुने क्रम बढेको हो। यस्तै घटना हालै हन्स्लो काउन्सिल अन्र्तगतको फेलथानमा बस्ने एक नेपालीको घरमा दोहोरिएको छ।

श्रममन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रिचार्ड मोरिसले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन्।

ढुंगाले लागेर बेलायती नागरिकको मृत्यु

मुस्ताङको खासाङ गाउँपालिका–४ घोप्टेभीरमा ढुंगा खसेर लाग्दा एक विदेशी नागरिकको ज्यान गएको छ। म्याग्दी र मुस्ताङको सीमानामा पर्ने भीरको माथिबाट खसेको ढुंगाले २२ वर्षीया बेलायती युवतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

बेलायतमा दासप्रथा सोचिएभन्दा बढी

राष्ट्रिय अपराध अध्ययन गर्ने बेलायतको निकायले देशमा मानव बेचबिखन र आधुनिक दासप्रथा भनिने गरेभन्दा बढी रहेको जनाएको छ । उक्त संस्थाले मुलकभर ३०० प्रत्यक्ष प्रहरी अनुसन्धान भइरहेका पनि जनाएको छ।

बेलायतले पेट्रोल डिजेलबाट चल्ने सवारीमा बन्देज लगाउने

बेलायतले सन् २०४० सम्ममा शत प्रतिशत रूपमा नै पेट्रोल तथा डिजेलबाट चल्ने सवारीमा बन्देज लगाइने नीति ल्याउने भएको छ ।

बेलायतको सबा २३ अर्ब सहयोग

बेलायतले नेपाललाई दुई आर्थिक वर्षमा १७ करोड ४० लाख पाउन्ड (करिब २३ अर्ब ३१ करोड ६० लाख रुपैयाँ) आर्थिक सहायता उपलब्ध गराउने भएको छ। बेलायतले डिपार्टमेन्ट अफ इन्टरनेसनल डेभलपमेन्ट (डिएफआइडी) मार्फत उक्त सहयोग नेपाललाई उपलब्ध गराउने जनाएको हो।

बेलायतमा गठबन्धन सरकार बन्ने

बेलायतको बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बेलायती प्रधानमन्त्री टेरेसा मेको पार्टीले बहुमत गुमाएपछि गठनबन्धन सरकार बन्ने भएको छ । प्रधानमन्त्री मेको पार्टीले बहुमतका लागि ८ सिट नपुर्याएपछि गठवन्धन सरकारको कसरत हुने भएको छ ।

बेलायतमा नेपालीमुलका उम्मेदवारलाई सम्मानजनक भोट

बेलायतको संसदीय निर्वाचनमा नेपाली मूलका एकमात्र उम्मेदवार डा. बच्चु कैलाश कैनी पराजित भएका छन्।

बेलायतमा त्रिशंकु संसद, प्रधानमन्त्री मेले बहुमत गुमाइन

बेलायतमा बिहीवार भएको आम निर्वाचनपछि प्रधामन्त्री टरिजा मेले नेतृत्व गरेको सत्तारुढ कन्जरभेटिम पार्टीले बहुमत गुमाएको छ।

बेलायतमा आमनिर्वाचनको मतदान सुरु

बेलायतमा बिहीबार आमनिर्वाचन हुदैछ । सो निर्वाचनका लागि बिहीबार मतदान खुलेको समाचारमा जनाइएको छ।

बेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

बेलायतमा हुने संसदीय निर्वाचनमा नेपाली उम्मेदवार हुने निश्चित भएको छ। डार्टफोर्ड काउन्सिलमा हालः लेबर पार्टीबाट काउन्सिलर भएका नेपाली मूलका डा. बच्चु कैलाश कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको उम्मेदवार हुने भएका छन्।

बेलायतको संसदमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन

नेपालमा दुई वर्षअघि गएको भूकम्पसँग सम्बन्धित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसदमा प्रदर्शन गरिएको छ। नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको छ।

बेलायतका नेपालीले लन्डनमा मनाए नयाँ वर्ष

बेलायतमा रहेका नेपाली सञ्चारकर्मीले नयाँ वर्ष २०७४ भव्यरुपमा मनाएका छन् । आइतबार लन्डनस्थित फेल्थानमा शुभकामना साँझ तथा सांस्कृति कार्यक्रममा नेपालीहरु भेला भएर नयाँ वर्ष मनाएका हुन् ।

सडक दुर्घटनामा परी बेलायतमा एक नेपालीको मृत्यु

सडक दुर्घटनामा म्याग्दी दग्नाम स्थायी घर भई हालः बेलायतमा बसोबास गर्ने ७८ वर्षीया थमति पुनको मृत्यु भएको छ। लण्डनमा बस्ने पुनलाई शनिबार सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु भएको मोना युकेले जनाएको छ।

उपप्रधानमन्त्री निधि र बेलायतका राजदूतबीच भेटवार्ता

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसबीच मंगलबार भेटवार्ता भएको छ। गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचर्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्