१० मंसिर २०८१ सोमबार
image/svg+xml

विप्लवका आतंककारी गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी (विप्लव) समूहका गतिविधि समाजलाई आतंकित पार्ने र ध्वंशात्मक भएकाले त्यस्ता गतिविधिमाथि प्रतिबन्ध लगाएको बताएका छन्। संघीय संसद्लाई सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री ओलीले विप्लव समूहलाई धेरैपटक वार्ता गर्न तथा हिंसात्मक गतिविधि नगर्न आग्रह गर्दा पनि नमानेको भन्दै उसका ध्वंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाइएको दाबी गरे। ‘बम पड्काएर निर्दोष मानिस मारिएको छ, चन्दाका नाममा लुटपाट मच्चाइएको छ,’ प्रधानमन्त्री ओलीले भने ‘विप्लव समूहको विध्वंश माथि सरकारले निषेध गरेको छ।’

प्रधानमन्त्रीद्वारा गौतम बुद्ध विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार निर्माणाधीन गौतमबुद्ध विमानस्थलको निरीक्षण गरेका छन्। निरीक्षणसँगै प्रधानमन्त्रीले मुलुकको प्रतिष्ठासँग जोडिएको सो अन्तर्राष्ट्रिय विमानस्थलको काम जुन गतिमा काम भइरहेको त्यही गतिमा अघि बढाउन निर्देशन दिएका छन्। उनले अहिलको टर्मिनल भवन र विमान पार्किङ क्षेत्रलाई अझै विस्तार गर्न सुझाव पनि दिएका छन्।

‘विरोध गराई देखेर प्रम आश्चर्यचकित’

प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादी विचार, व्यवहार र संगठन रूपान्तरित हुँदा पनि चित्त दुखाउने मान्छेहरू देखेर आफू आश्चर्यचकित भएको बताएका छन्। शुक्रबार लुम्बिनी प्रेस क्लबले गौतम बुद्ध विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

एनसेल गेट बम विस्फाेटका मूख्य याेजनाकारसहित नाै नेता पक्राउ(नामसहित)

सरकारद्वारा प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन'सहित ९ नेता पक्राउ परेका छन्।

विप्लव नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली पक्राउ

सरकारद्वारा प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन' पक्राउ परेका छन्।

कोदालाले खनेर सडक र सुरुङ निर्माण गर्न सक्ने क्षमता नेपालीसँग छ : प्रम ओली

प्रधानमन्त्री ओलीले विस २०७५/८० लाई सडक युग र २०८० देखि ०८५ लाई सुरुङ युगको रुपमा विकासमा छलाङ मार्ने योजना सुनाए। कोदालाले खनेर सडक र सुरुङ्ग निर्माण गर्न सक्ने क्षमता र शक्ति नेपालीसँग रहेको प्रधानमन्त्रीको भनाइ थियो। नेपाल मगन्तेहरुको देश नभएको भन्दै उनले आफ्नै प्राकृतिक श्रोत साधनको सदुपयोग गरेर समृद्ध बन्ने बताए। फलाम, खनिज, सुनजस्ता खानीहरु प्रशस्त भएकाले समृद्ध राष्ट्र बनाउन सकिने तर्क गरे।

प्रधानमन्त्री अाेलीले किने त्रिशूली ‘बी’काे शेयर

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी बिहीबार जनताको शेयर आवेदन शुभारम्भ गरेका छन्।

फिल्म ‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री ओली सिटी सेन्टरमा

प्रधानमन्त्री केपी शर्मा ओली फिल्म क्याप्टेन हेर्न कमलपोखरीस्थित सिटी सेन्टर पुगेका छन्। आफ्ना पिता मनप्रसाद ओलीसहित सरकारका मन्त्री र पार्टीका नेता लिएर सिटी सेन्टर पुगेका प्रधानमन्त्री ओलीले बीग मुभिजमा साँझको शो मा उक्त फिल्म हेरिरहेको ओलीसँगै रहेका एक नेताले नागरिक न्यूजलाई जानकारी दिए।

होली पर्वका अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्।

ओली सरकार देउवाको सुपर सरकार

प्रधानमन्त्री केपी ओली आफ्नो पूरा नाम ‘खड्गप्रसाद ओली’ सुन्न र लेख्न खासै मनपराउँदैनन् अरे। प्रमलाई आफ्नो संक्षिप्त नाम ‘केपी ओली’नै प्यारो छ।आफूप्रम निकटदावा गर्ने एकजना विराटनगरतिरका कमरेडले मलाई सुनाए। मलाई प्रमको नाम केपी ओली वा खड्ग ओली जे भए पनि मतलव हुनुपर्ने कुनै कारण छैन। तर मन नपर्ने नामबाट अब सम्बोधन नगरौँला भनी कामरेड मित्रलाई विश्वस्त पारे।

सरकारले प्रतिबन्ध लगाउन खोज्यो : राप्रपा संयुक्त

राप्रपा संयुक्तले आफूमाथि सरकारले प्रतिबन्धको तयारी गरेको आरोप लगाएको छ। अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय सुरक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई नेत्रविक्रम चन्द विप्लव समूहसँगै निमिट्यान्न पार्ने धम्की दिएको आरोप लगाए।

विप्लव समूहलाई पैसा नदिनुस्

वैदेशिक रोजगार व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेका छन्। गत फागुन २४ गते साँझ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम बिस्फोटबाट त्रसित बनेका व्यवसायीले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सुरक्षा र घटनाबाट भएको क्षतिको उचित क्षतीपूर्तिको माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।

लुटेरा सँग के को वार्ता?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ता नगर्ने बताएका छन्। विप्लवले कम्युनिस्टका नाममा घिनलाग्दो काम गरेको भन्दै ओलीले वार्ता नगर्ने अडान लिएका हुन्। विप्लव लुटेरा समूह भएको उनको ठहर छ।

नेताहरूलाई प्रधानमन्त्रीको प्रश्न : विप्लवमाथि प्रतिबन्ध लगाउँदा किन रुवाबासी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द (विप्लव समूह) का बारेमा धारणा राख्दा सचेत रहन नेताहरूलाई आग्रह गरेका छन्। विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा पार्टी भित्रबाटै नेताहरूले अपरिपक्व निर्णय भन्दै विरोध गरेपछि प्रधानमन्त्री ओलीले विप्लवबारे धारणा राख्दा ख्याल गर्न आग्रह गरेका हुन्।

मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारेका छन्। विराटनगर विमानस्थलमा आइतबार पत्रकारसित कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, “एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो, त्यसैले अन्य मन्त्रालयमा हेरफेर हुँदैन।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्