१० मंसिर २०८१ सोमबार
image/svg+xml

कर्मचारी अझै पुगेनन् मतदान केन्द्रमा

रौतहटका निर्वाचन आयोगका कर्मचारी अझै मतदान स्थलमा खट्न नसक्दा व्यवस्थापन भद्रगोल देखिएको छ । मतदान केन्द्रमा पुगेर शुक्रबार मतदाता परिचयपत्र वितरण गर्नुपर्ने कर्मचारीहरु निर्वाचन कार्यालयको लापरवाहीको कारण नियुक्ति र पारिश्रमिक बुझ्न बिहानदेखि लाइनमा बसेका छन् । बिहान आठबजेदेखि लाइन बसेका कर्मचारीहरुले पारिश्रमिक नपाएका कारण मतदानस्थलमा पुग्न सकेका छैनन्।

मतदानबारे मतदाता अन्यौलमा

स्थानीय तहको तेश्रो चरणको निर्वाचन हुन अब केही दिन मात्रै बाँकी रहँदा मतदाताहरू कसलाई भोट दिने भन्ने विषयमा अझै खुल्न सकेका छैनन् । उम्मेदवारहरू आफ्ना पक्षमा मतदाता रिझाउन घर, खेत, खलिहान तथा हाट बजार समेतमा गएर भोट माग्न जाँदा मतदाताले सबैलाई भोट दिने आश्वासन दिइरहेका छन् तर कसलाई भोट दिने बिषयमा खुलेर कसैको पक्षमा प्रचार प्रसार गर्न सकेका छैनन् ।

गैरआवासीय नेपालीका सन्तानलाई चार वर्षे राहदानी दिने निर्णय

सरकारले विदेशी भूमिमा जन्मेका गैरआवासीय नेपाली नागरिकका सन्तानलाई ४ वर्षे अवधिको राहदानी दिने निर्णय गरेको छ। मन्त्रीहरुको संख्या ५४ पुगेपछि सोमबार मन्त्रिपरिषद बैठक बसेको थियो। सो बैठकले बढीमा चार वर्षका लागि यस्तो राहदानी जारी गर्ने निर्णय गरेको हो।

अनुदान सम्झौता नभएका भूकम्पपीडितमध्ये ५४ प्रतिशतमा जग्गा समस्या

भूकम्प गएको २८ महिना बितिसक्दा करिब एक लाख २० हजार भूकम्पपीडितसँग अझै अनुदान सम्झौता हुन सकेको छैन । यसकारण उनीहरु सरकारबाट पाउने अनुदान लिने प्रक्रियाबाटै वञ्चित भएका छन् ।

सप्तरीमा दुईसय सात मतदान केन्द्र अतिसंवेदनशील

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ।

उम्मेदवारी दर्ता उत्साहपूर्ण, १८ हजार बढी मैदानमा

स्थानीय तह तेस्रो चरणको निर्वाचनमा १८ हजार बढी उम्मेदवार मैदानमा उत्रिएका छन् । प्रदेश २ का आठ जिल्लामा हुने स्थानीय चुनावका लागि बुधबार विभिन्न राजनीतिक दलले उत्साहपूर्वक उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

महोत्तरीमा एक सय ३५ मतदानस्थल अतिसंवेदनशिल

असोज २ गते हुने स्थानीयतहको चुनावको लागि महोत्तरीको १५ स्थानीय तहमा कायम रहेको दुई सय ५८ मतदानस्थल मध्ये एक सय ३५ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशिल रहेका छन्।

भूकम्पपीडितको व्यथा : पीडित तीन हजार, अनुदान दुई सयलाई मात्रै

भक्तपुरमा भूकम्पपीडितको पहिचान भएका २७ हजार पाँच सय ६६ घर मध्ये हालसम्म दुई सय ६६ परिवारले मात्रै दोस्रो किस्ताको राहत पाएका छन् ।

‘सरकार घर बनाउन हामीलाई पनि अनुदान देऊ’

भक्तपुर नगरपालिका–५ स्थित द्यौला बस्तीका बासिन्दाले भूकम्पले भत्किएको घर बनाउन सरकारसँग अनुदान माग गरेका छन्।

संसदमा मतदान सुरु हुनुअघि सीपी मैनाली किन जुरुक्क उठे?

संसदमा संविधान संशोधन मतदान प्रक्रिया चलिरहँदा संसदमा एउटा फरक दृश्य देखियो। नेकपा मालेका महासचिव सीपी मैनालीसहितका केही सांसद जुरुक्क उठे। सभामुख ओनसारी घर्तीले नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७३ माथि मतदान सुरु गर्न गइरहेका बेला मैनाली उठेका थिए।

संशोधनको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसद्मा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

जिदानद्वारा सहयोग गर्न आग्रह

रियाल मड्रिड प्रशिक्षक जिनेदिन जिदानले बार्सिलोना र क्यामब्रिल्समा आंतककारी हमलामा परेर मृत्यु भएका जनतालाई सहयोग गर्न आग्रह गरेका छन्।

मनाइयो पञ्चदान पर्व

पाँचवटा दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई शनिबार भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भा›कृष्ण त्रयोदशी  (पञ्चदान चर्‍हे) का दिन भक्तपुरमा यो पर्व मनाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्