१३ आश्विन २०८१ आइतबार
image/svg+xml

गोवा घोषणामा सहमति, छ विज्ञ कार्यदल

आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का वरिष्ठ अधिकारीको १७औं बैठक बिमस्टेक प्रक्रियालाई अघि बढाउन महŒवपूर्ण निर्णय गर्दै राजधानीमा सम्पन्न भएको छ।

बिम्स्टेकको संयुक्त कार्यदलको बैठक सुरु

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को सत्रौँ संयुक्त कार्यदलको बैठक सुरु भएको छ। बैठकको नेतृत्व नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गरेका छन्।

राखेपद्वारा कार्यदल गठन

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले 'आठौं राष्ट्रिय खेलकुद पूर्वाधार तयारी अध्ययन कार्यदल' गठन गरेको छ। आठौं राष्ट्रिय खेलकुद २ वर्षपछि मध्यपश्चिममा हुँदैछ। राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार र तयारीसम्बन्धमा अध्ययन गर्न सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको राखेपले जनाएको छ।

चाडपर्वलाई लक्षित सुरक्षाकालागि विशेष कार्यदल गठन

महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले चाडपर्वलाई लक्षित गरेर जनताको शान्ति, सुरक्षाकालागि आफूहरुले विशेष कार्यदल नै बनाएर काम गरिरहेको जनाएका छन्।

गाम्का, बायोमेट्रिक अध्ययन कार्यदल प्रतिवेदनः सरकारले सिन्डिकेटलाई प्राथमिकता दिएको ठहर

वैदेशिक रोजगारीका लागि साउदी र मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको क्रमशःगाम्का र बायोमेट्रिक प्रणालीको अध्ययन गर्न गठित कार्यदलले श्रम तथा रोजगार मन्त्रालयलाई अन्तिम प्रतिवेदन बुझाएको छ ।

संघीय गठबन्धनको कार्यदलमाथि मोर्चाको शंका

सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन विधेयक संसदमा दर्ता गराउने तयारी गरिरहेका बेला मधेसी मोर्चा र संघीय गठबन्धनबीच विवाद चर्किएको छ। मधेसी मोर्चाका नेताहरुसँग छलफल नै नगरी गठबन्धनले संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेपछि मोर्चा र गठबन्धनबीच विवाद चुलिएको हो।

स्ववियु चुनाव समयमै सम्पन्न गर्न कार्यदल गठन

काठमाडौँ-स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन समयमा नै सम्पन्न गर्न संयुक्त विद्यार्थी सङ्गठनले कार्यदल गठन गरेको छ।

काबुल घटनाको छानविन कार्यदलले प्रतिवेदन बुझायो

१३ जनाको ज्यान जाने गरी केही समयअघि अफगानिस्तानको काबुलमा भएको घटनाको छानविन गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ।

विमानस्थलमा विशेष सुरक्षा कार्यदल

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका लागि बिहीबारदेखि डिएसपी नेतृत्वमा विशेष कार्यदल खटाएको छ। विमानस्थल सुरक्षामा खटिएको महानगरीय प्रहरीको विमानस्थल सुरक्षागार्डको सहयोगका लागि ३५ जनाको समूहमा रहेको विशेष टोली खटाएको हो।

भूकम्पपीडितलाई नगद दिन कार्यदलमा छलफल

काठमाडौं— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका मागबारे छलफल गर्न मंगलबार साँझ शीर्ष नेता सहित बसेको चार दलीय कार्यदलको बैठकमा भूकम्पपीडितलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने प्रस्तावमाथि छलफल भएको छ।

शीर्ष नेता र कार्यदलको संयुक्त बैठक सुरु

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै लगातार संसद बैठक अबरुद्ध गरेपछि सो विषयमा सहमति जुटाउन शीर्ष तहमा छलफल सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी छलफलमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन्।

कांग्रेसले अडान नछोड्दा कार्यदल अनिर्णित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विवाद समाधानका लागि गठित कार्यदलको बैठक निष्कर्षमा पुग्न सकेन। चार दिनदेखि संसद अबरुद्ध गरिरहेको कांग्रेसको माग सम्बोधन गर्न सोमबार प्रमुख चार राजनीतिक दलले कार्यदल गठन गरेका थिए।

कांग्रेस मागमा सहमति खोज्न चारदलीय कार्यदल

चार दिनदेखि संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको माग सम्बोधन गर्न प्रमुख चार राजनीतिक दलले संयुक्त कार्यदल गठन गरेका छन्। भूकम्पपीडितलाई दुई लाख एकमुष्ट दिनुपर्ने माग उठाउँदै शुक्रबारदेखि संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागमा सहमति खोज्न दलहरूले कार्यदल गठन गरेका हुन्।

कांग्रेसको मागमा सहमति खोज्न ७ सदस्यीय कार्यदल गठन

काठमाडौं— प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको मागमा सहमति खोज्न मुख्य चार दलले संयुक्त कार्यदल गठन गरेका छन्। भूकम्पपीडितलाई एक मुस्ट २ लाख रुपैयाँ दिनुपर्ने माग राखेर कांग्रेसले लगातार सदन अवरुद्ध गर्दै आएको सन्दर्भमा सोमबार ७ सदस्यीय कार्यदल गठन भएको हो।

अनलाइन निर्देशिका संशाेधन गर्न ३ सदस्यीय कार्यदल गठन

काठमाडौं– सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्