काठमाडौं–१३ जनाको ज्यान जाने गरी केही समयअघि अफगानिस्तानको काबुलमा भएको घटनाको छानविन गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ। श्रम सचिव विष्णु लम्सालको नेतृत्वमा २०७३ असार ९ गते मन्त्रिपरिषदले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित बासस्थानको ग्यारेण्टी गरेर मात्रै सुरक्षा गार्डमा कामदार पठाउन सकिने सुझाएको छ।
सो अवसरमा तात्कालीन श्रम मन्त्री रहेका आपूर्ति मन्त्री दीपक बोहरासमेतको उपस्थिति थियो । प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले भने,‘ विदेशमा रोजगारीका लागि गएका नेपालीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने सरकारको धारणा हो। प्रतिवेदन अध्ययन गरेर यसबारे मन्त्रिपरिषदको बैठकमा छलफल गरी निर्णय गरिनेछ ।’
प्रकाशित: ३२ श्रावण २०७३ ०५:१७ मंगलबार