१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

आफ्नै पार्टीका स्थानीय नेताको सांसद पौडेललाई दुई झापड

यहाँका दुई नवनिर्वाचित सांसदहरु आफ्नै पार्टीका नेताबाट कुटिएका छन्। बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देबेन्द्र पौडेल क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा निर्वाचित टेकबहादुर घर्तीमगर माथी हातपात भएको हो। नेकपा माओवादी केन्द्रका नेता तुलसीराम अर्यालले उनीहरुमाथी हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

उदयपुरबाट प्रदेशसभामा ३ महिला सांसद

नेपालको संविधान २०७२ ले सबै क्षेत्रमा महिला सहभागिता अनिवार्य गराउने व्यवस्था गरेपछि राजनीतिक क्षेत्रमा पनि महिलाहरु अग्रसर हुने मौका पाउँदैछन्।

कांग्रेसमा ३ केन्द्रीय सदस्यसहित आधादर्जन पूर्व सांसद उम्मेदवार

नेपाली कांग्रेसले पार्टीका तीन केन्द्रीय सदस्यसहित आधा दर्जनभन्दा बढी निवर्तमान सांसदलाई राष्ट्रियसभाको उम्मेदवार बनाएको छ । पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएलगत्तै उनीहरूले बुधबार सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन् ।

प्रदेश सांसदलाई रावलको सुझाव : समृद्धिका नयाँ योजनासहित काम गर्नुस्

नेकपा एमालेका उपाध्यक्ष एवं प्रदेश नम्बर ७ का संयोजक भीम रावलले समृद्धिका लागि नयाँ योजनासहित काम गर्न प्रदेशसभाका सांसदलाई सुझाव दिएका छन्।

केजरीवाललाई झड्का, २० सांसद अयोग्य घोषित

भारत दिल्ली सरकारको नेतृत्व गरिरहेको आम आद्मी पार्टी (आप) का २० विधायक अयोग्य ठहर भएका छन्।

फेवातालको आकार बढाउन सांसदको पहल

पर्यटकीय नगरी पोखराको प्रमुख आकर्षकको केन्द्रमा रहेको फेवा तालको आकार बढाउन काम सुरु हुने भएको छ। कास्की क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेश सांसद राजीव पहारीले फेवा तालको आकार बढाउने काम एक हप्ताभित्र सुरु हुने जानकारी दिए।

आर्थिक लाभ लिएको भन्दै ‘आप’का २० सांसदको पद खारेज

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आद्मी पार्टी (आप)का २० सांसद (विधायक) अयोग्य ठहर भएका छन्।

प्रदेश सांसदलाई सपथ खुवाउन सेनाको हेलिकप्टर (फोटो फिचर)

प्रदेशसभामा निर्वाचित सदस्यको सपथ कार्यक्रम तयारी पूरा भएसँगै सांसदहरूलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको छ।

प्रदेश सांसदलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइँदै

६ नम्बर प्रदेशका ४० सांसद मध्ये २७ जना शनिबारसम्म काठमाडौंमै छन्। हवाइजहाजबाट नेपालगञ्ज हुँदै सुर्खेत आइपुग्न सम्भव नभएपछि काठमाडौंमा रहेका सांसदहरुलाई सपथका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिने भएको छ।

भारतीय २० सांसदको पद खारेजका लागि सिफारिस

भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ ।

प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र

निर्वाचन आयोगले गत मंसिर १० र २१ सम्पन्न भएको निर्वाचनबाट निर्वाचित समानुपातिक तर्फका सांसदहरूलाई आज प्रमाणपत्र वितरण  गरेको छ।

म्यानमारमा सांसद पक्राउ

म्यानमारको प्रहरीले एक जना प्रसिद्ध राखिने बोद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको छ । जातीय द्वन्द्व फैलाउन गैर–जिम्मेवार तरिकाले भूमिका खेलेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको राज्य सञ्चालित सञ्चार संस्थाले जनाएको छ ।उनले मानवीय क्षति हुनेगरी घटनाहरू भइरहेका राज्यमा हिंसा फैलाउन भित्रभित्र काम गरिरहेको बताइएको छ।

रुकुममा एमालेले १८ वर्षपछि सांसद् पायो

हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको चुनावपछि नेकपा एमालेले प्रदेश सांसद् १८ वर्षपछि दोहो-याउने मौका पाएको छ। पश्चिम रुकुमबाट देबी ओली र पूर्वी रुकुमबाट प्रदेश सभामा समानुपातिक तर्फबाट आशा स्वर्णकारले १८ वर्षपछिको खुशी फर्काएका हुन्।

प्रदेशसभा समानुपातिक सांसदको नाम सार्वजनिक

निर्वाचन आयोगले समानुपातिकतर्फको प्रदेशसभा सदस्यको नाम सार्वजनिक गरेको छ। प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरुले बुझाएको बन्द सूचीमा रहेका उम्मेदवारहरुलाई आयोगले बुधबार निर्वाचित भएको घोषणा गर्दै नाम सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्