सिमेन्ट निर्यातले जगायो आशा
मुलुकको व्यापार घाटामा ठुलो खाडल रहेको अवस्थामा सरकारले लिएको सही नीतिका कारण सिमेन्ट निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ।
मुलुकको व्यापार घाटामा ठुलो खाडल रहेको अवस्थामा सरकारले लिएको सही नीतिका कारण सिमेन्ट निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ। भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ।
सरकारले निर्यातलाई प्रोत्साहन गर्ने नीति लिएपछि भारततर्फ सिमेन्ट निर्यात हुन सुरु भएको छ। नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले अघिल्लो साता भारतमा सिमेन्ट निर्यात गरेको छ।