३१ वैशाख २०८१ सोमबार
image/svg+xml

दुई दर्जन फरार पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट दोषी सावित भएका झन्डै २ दर्जन फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

ताप्लेजुङ प्रहरीले समात्याे १ सय १९ फरार प्रतिवादी

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०७९।८० मा बिभिन्न घटनामा संलग्न भई पक्राउ पर्नुपर्ने १ सय ३४ जना मध्ये १ सय १९ जनालाई पक्राउ गर्न सफल भएको छ।

बहुविवाहका फरार प्रतिवादी पक्राउ

बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्। डुडुवा गाउँपालिका–३ का ३५ वर्षीय कमरुद्दीन खाँ र २६ वर्षीया रेश्मा पक्राउ परेका हुन्।

चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

प्रहरीले यसअवधिमा विसं २०२५ वैशाख १४ गते फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादीलाई २६ वर्षपछि पक्राउ गरेको थियो। फरार प्रतिवादी पक्राउ अभियान विगत दुई वर्षदेखि सञ्चालित छ।

कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–८ का २६ वर्षीय संजोग अधिकारी र सुनसरीको इटहरी नगरपालिका–११ भागलपुरका २२ वर्षीय राजु तामाङलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

वन्यजन्तु ओसार-पोसार मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ निवासी ४४ वर्षका मनिराम थारु र सोही ठाउँ निवासी ४३ वर्षीय धनिराम थारुलाई प्रहरीले पक्राउ गरेको हो।

डेढ महिनामा ३९० जना फरार प्रतिवादी पक्राउ

सुनसरीमा २५ वर्षदेखि यता विभिन्न आपराधिक घट्नामा संलग्न भएर फरार रहँदै आएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न विशेष अभियान चलाएको छ। यही क्रममा डेढ महिनाको अवधिमा ३९० जना पक्राउ परि सकेका छन्।

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको खनियावास गा.पा. वडा नं. ३ बस्ने ४१ वर्षको घर्ती तामाङलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।

सत्ताइस वर्षपछि फरार अभियुक्त पक्राउ

कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरी घटनाको १२ वर्षपछि पक्राउ गर्न सफल भएको छ।

९८ फरार प्रतिवादी पक्राउ

प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ। पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्