११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पौने ३ करोड पचाउन लुटको नाटक गरेपछि…

सदरमुकामको तिल्केनीस्थित सडकमा मंसिर २५ गते राति १० बजेतिर हतियारसहितका युवाले गाडी लुटपाट गरेको सूचना जिल्ला प्रहरी कार्यालयमा पुग्यो। सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले घटनास्थलबाट राति सवा १२ बजेतिर ५ युवालाई पक्राउ गर्‍यो।

मतदाता शिक्षा प्रभावकारी बनाउन सडक नाटक

निर्वाचन आउन ५ दिन बाँकी रहँदा रसुवामा निर्वाचन शिक्षा सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।  बदर मत कम गर्न र निर्वाचन सम्बन्धी जानकारी दिनका लागि गुरुकुल नाट्य समूह नुवाकोटका कलाकारले सडक नाटक देखाएका हुन् । जिल्ला निर्वाचन कार्यालय रसुवाको संयोजनमा सदरमुकाम धुन्चेमा सडक नाटक देखाइएको आयोजकले जनाएको छ ।

बाल नाटक महोत्सव सुरु

बालबालिकालाई अभिनयमार्फत समाज बुझाउने उद्देश्य स्वरुप सोमबारदेखि राजधानीमा ‘राष्ट्रिय एकल बाल नाटक महोत्सव’ सुरु भएको छ । अंकित राज मैनालीको ‘नारी’ शीर्षकको नाटकसँगै पहिलो एकल बाल नाटक शिल्पी थिएटरमा सुरु भएको हो । तीन दिनसम्म चल्ने महोत्सवमा बालबालिकाको एकल अभिनय रहेका ३२ नाटक मञ्चन हुनेछन् ।

राजपाले सडक नाटक गर्ने

राजपाले दुई नम्बर प्रदेशको चुनावलाई विशेष प्राथमिकतामा राख्दै त्यहाँबाट उम्मेदवार बनेकालाई विजयी गराउन घरदैलो अभियान, कोणसभा गर्ने रणनीति तय गरेको छ । यसका साथै सडक नाटक गर्ने पनि नेताहरुले बताएका छन् ।

सर्वनाममा ‘१० मिनेट नाटक मेला’

एउटा नाटक हेर्नकै लागि दर्शकले झण्डै एक घण्टा बढीको समय छुट्याउनु पर्ने बाध्यता छ । छोटो समयमा राम्रो नाटक हेर्ने दर्शकको चाहना पूरा नभइरहेको अवस्थामा सर्वनाम थिएटरमा १० मिनेटको नाटक मञ्चन हुने भएको छ।

सम्बन्धनमा छानबिनको नाटक

स्वास्थ्य मन्त्रालयको छानबिन समितिले अस्पताल सञ्चालन अनुमति नै नभएको प्रमाणित गरिसक्यो । यी सबै विषयले त्रिवि पदाधिकारीदेखि ‘फर्जी’ प्रतिवेदन तयार पार्नेहरूको कर्तुत छरपस्ट भइसकेको छ । यस्तो अवस्थामा त्रिवि पदाधिकारी भने लाजै नमानी आफैंले गरेको निर्णयमाथि छानबिनको नाटक रचिरहेका छन् ।

मण्डलामा सांगीतिक नाटक

एउटा छोटो दूरीको यात्रामा एक युवकमाथि घटेको घटना र त्यो घटनाले उसले भोगेको मानसिक उथलपुथललाई कथात्मक रुपमा प्रस्तुत गरिएको नाटक ‘को १ छ, छ १ छ’ मण्डला थिएटरमा शुक्रबारबाट मञ्चन हुँदैछ । सांगीतिक नाटक आधा सुरका रूपमा चिनिएका संगीतकार रोशनराज थापाको कथा, परिकल्पना तथा निर्देशनमा तयार भएको हो । नाटकमा संगीत पनि उनकै छ ।

'नाटकमा पैसा छ, किन छैन?'

'नाटकमा सम्भावना देखेर आउनेहरुलाई यहाँ पैसा हुँदैन भनेर कहिलेसम्म भनिरहने? अनि नेपाल यातायात चढ्नुअघि पैसा छ कि छैन भनेर कहिलेसम्म हामीले हाम्रो खल्ती छामिरहने?' मंगलबार नाटक 'लाटीको छोरो' मञ्चनबारे आयोजित प्रेसमिटमा रंगकर्मी प्रकाश दाहालले आक्रोशित भावमा गरेको प्रश्न थियो यो।

किन छापिँदैनन् नाटकका पुस्तक ?

नेपाली समाजमा एक समय सडकमा देखाइने कचहरी नाटकको संख्या औलामै गन्न सकिन्थ्यो। त्यसअघि यस्ता नाटक किताबमै सीमित थिए। बालकृष्ण समको कालखण्डअघि यस्ता नाटक दरबारको नीजि सम्पत्तिका रुपमा थिए।

अपहरणको नाटक गर्दै छोरा र श्रीमानसँग फिरौती माग्दा...

जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै रु ३० लाख फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै।

‘मैले सिकेको, बुझेको र सम्मान गरेको क्षेत्र हो नाटक’

सिर्जना सुब्बा मन्डला थिएटर संस्थापकमध्ये एक हुन् । ०६२ देखि नेपाली रंगमञ्चमा सक्रिय उनले एक वर्षअघि निर्देशन गरेको नाटक ‘युमा’ सफल रह्यो । सिर्जनाले ३० वटाजति नाटक र आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् । व्यावसायिक रुपमा सफल चलचित्र लुटमा उनले निभाएको ‘पुतली’को भूमिका दर्शकले खुबै पराए । सन् २०१६ मा अमेरिकामा भएको क्विन्स फिल्म फेस्टिभलमा चलचित्र ‘डाइङ क्यान्डल’मार्फत् सिर्जना उत्कृष्ट अभिनेत्रीको नोमिनेसनमा परेकी थिइन् । उनै सिर्जनालाई सात सवाल :

‘भाँडाकुँडा मेरा नाटकका पात्र हुन्थे’

२०१० सालमा काठमाडौँ, सानो गौचरणमा मेरो जन्म भयो । हाम्रो खास थातथलो जुम्ला हो । मेरो हजुरबुबाको पुस्ता काठमाडौँमा बसाइ सरेको थियो । मैले थाहा पाउने बेलामा घरको आर्थिक अवस्था संकटग्रस्त थियो । हामी कृर्षिमा निर्भर थियौँ । पछिल्लो समय मात्रै हो, हाम्रो आर्थिक अवस्था सुध्रेको ।

नाटकबाट भोट हाल्न सिकाइँदै

नारायणगढको पुल्चोकमा एक नेताले जनतासँग भोट मागिरहेका थिए। तर, भोट मागिरहँदा उनले नयाँ अजेन्डाभन्दा विकास गर्ने पुरानै लोभ देखाइरहेका थिए। 'हेर्नुस मैले चुनाव जिते यो नारायणी नदीमा पक्की पुल हाल्दिन्छु ' उनले भोट मागिरहँदा आश्वासन दिइरहेका थिए, ‘जसरी पनि मैले जित्नैपर्छ।

नाटक गर्दै उपन्यास विमोचन

बत्तिस पुतलीस्थित शिल्पी थियटरको मञ्च। मधुरो प्रकाशको किरण। सोमबार अपरान्ह् त्यही मञ्चमा कोही कपडा सिलाउदै त कोही चौतारामा बाघचाल खेल्दै थिए। कोही भने घरपरिवारकै लागि खाना जोहो गर्दै थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्