३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ।

एसइई परीक्षाफलमा प्राविधिक त्रुटि, एक दिनपछि जोडियो प्राक्टिकल नम्बर

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ।

एसईईको परीक्षाफल सार्वजनिक, यसरी थाहा पाउनुहोस् नतिजा

गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार अवेर नतिजा सार्वजनिक गरेको हो।

राष्ट्रिय वाणिज्य बैंककाे लिखित परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७४ मौका समेत) को मैथली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ।

इदमा परेको परीक्षा सार्न र सार्वजनिक विदा दिन मुस्लिम संघको माग

नेपाल मुस्लिम संघले एमडी र एमएसको प्रवेश परीक्षा सार्न माग गरेको छ। साथै इदमा कटौती गरेको सार्वजनिक विदा दिनुपर्ने भनेको छ।

दाईको कोरियन भाषा परीक्षा दिन आएका भाइ पक्राउ

नक्कली परीक्षार्थी बनी परीक्षा दिन आएका एक जना प्रहरीको फन्दामा परेका छन्। तेह्रथुम घर भएका वौद्ध बस्ने १८ वर्षीय अशोक लिम्बुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

कोरियन भाषा परीक्षा : ४७ नक्कली विद्यार्थी पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।  परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।

शनिबारदेखी कोरियाली भाषा परीक्षा, ८२ हजार बढी सहभागी

गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ ।

चिकित्सा शास्त्रको प्रवेश परीक्षामा एकरुपता ल्याउने तयारी

सरकारले चिकित्सा शिक्षा आयोग गठन गरेसँगै चिकित्साशास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि प्रवेश परीक्षा (इन्ट्रान्स) मा एकरुपता ल्याउने तयारी गरिएको छ।

कोरियन भाषाको परीक्षा जेठ २६ र २७ मा

कोरियन भाषाको परीक्षा केन्द्र र मिति तोकिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले यही जेठ २६ र २७ गते परिक्षा हुने गरी मिति तोकेको हो।

मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ। चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन हुँदै आएकाले मेडिकल शिक्षा व्यवस्थापनमै चुनौती थपिएको औंल्याउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।

खुट्टाले लेखेर परीक्षा दिँदै सम्झना

जन्मजात दुबै हात नभएकी खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीकी सम्झना राईले कक्षा ११ को परीक्षा दिइरहेकी छन्। जन्तेढुंगा गाउँपालिका–५ स्थित चिसापानी मावि परीक्षा केन्द्रबाट राईले खुट्टाको सहाराले कक्षा ११ को परीक्षा दिइरहेकी हुन्। खोटाङ बजारस्थित भगवती दिनानाथ माविबाट १७ वर्षीया सम्झनाले २.३५ जिपिएस ल्याएर ‘सी प्लस’ ग्रेडमा एसइई उत्तीर्ण गरेकी थिइन्। वैशाख ३० गते सुरु कक्षा ११ को परीक्षा दिनेमध्ये जिल्लामै उनी असाधारण क्षमता भएकी परीक्षार्थी हुन्।

कक्षा १२ को परीक्षा आजबाट सुरू, चारलाख १५ हजार विद्यार्थी सहभागी

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ।

परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने

यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा ११ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्