१० मंसिर २०८१ सोमबार
image/svg+xml

दृष्टिविहीन कालीको संसार देख्ने सपना मात्र

अन्धकारमय जीवन बिताइरहेकी छिन्, धादिङको गंगाजमुना गाउँपालिका–५ फूलखर्ककी ४२ वर्षीया काली बानियाँले। उनले अहिलेसम्म संसार देखेकी छैनन्। उनलाई बाहिरी संसार कस्तो छ, के भइरहेको छ, थाहा नै छैन। तर उनले संसार देख्ने सपना देखिरहेकी छिन्। ४२ वर्षअघि दोस्रो सन्तानको रूपमा जन्म लिएकी कालीलाई देखेर परिवारमा रौनकता छायो। छोरापछिको उनको जन्मले परिवारमा खुसीको माहोल थियो तर त्यो खुसी वर्षदिन पनि टिक्न पाएन। जन्मेकै वर्ष दिनमै टाइफाइटले कालीलाई गलायो। गाउँमा बिरामी भएपछि अस्पताल लैजानुपर्छ भन्ने चेतना थिएन।

दृष्टिविहीन भएर पनि सेवामा अब्बल, एक पटक सुनेको/पढेको कुरा कण्ठै (भिडियो)

यो कथा हो अपाङ्गता (दृष्टिविहीन) भएर पनि आफ्नो सेवामा अब्बल एवं उदाहरणीय पात्रहरुको। डा. गोविन्दप्रसाद आचार्य त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आरआर क्याम्पसमा नेपाली विषयका प्राध्यापक हुन्। भर्खरै विद्यावारिधी गरेका उनी विगत १८ वर्षदेखि आरआरमा प्राध्यापन गराउँदै आएका छन्।

गाउँपालिकाको सहयोगमा दृष्टिविहीनले देखे संसार

कुसे गाउँपालिका वडा नम्वर ७ समाकोटका बिजुले तिरुवाले जीवनमा फेरि उज्यालो आँखाले संसार देख्छु भन्ने कल्पनासम्म गरेका थिएनन्।  १२ वर्षको उमेरमा घाँस ल्याउन जंगल गएको बेला रुखको हांगाले देब्रे आँखामा चोट लागेर ज्योति गुमाएका बिजुलेलको एक वर्षअघि दाहिने आँखाको पनि मोतिया विन्दुका कारण  ज्योति गुमेपछि उनको जीवन पुरै अन्धकारमा चलिरहेको थियो।

दृष्टिविहीन संघलाई जापानी दूतावासको सहयोग

दृष्टिविहीन विद्यार्थीको अध्ययनमा सहयोग पु-याउने उद्देश्यले काठमाडौंस्थित जापानी राजदूतावासले ८४ लाख रुपैयाँबराबरका सामग्री प्रदान गरेको छ।

दृष्टिविहीन महिला क्रिकेट टोलीको स्वागत

पाकिस्तानमा भएको दृष्टिविहीन महिला क्रिकेटमा पाकिस्तान विरुद्धको ५ खेलको टी– २० श्रृंखलामा शानदार जित हासिल गरेकाे नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ।

दृष्टिविहीन विद्यार्थीलाई गणित र विज्ञानको चिन्ता

रत्ननगर नगरपालिका–९, चितवनकी कविता बराल दृष्टिविहिन विद्यार्थी हुन्। माध्यमिक शिक्षा परीक्षा ‘एसइई’ पुरा गरि उनी अहिले कक्षा ११ मा अध्ययनरत छिन्।

बर्दिया र आर्मीको विजयी सुरुआत

विराटनगरमा भएको ‘प्रथम रोनाल्ड म्याकुली कप क्रिकेट प्रतियोगिता’ अन्तर्गत बुधबार भएको उद्घाटन खेलमा बर्दिया र आर्मी विजयी भएका छन्। पूर्व क्षेत्रमा पहिलो पटक दृष्टिविहीनहरूको क्रिकेट प्रतियोगिता भएको हो।

‘खाल्डाखुल्डीले हिँड्नै मुस्किल भयो’

गोरखाका १८ वर्षीय छवि आले जन्मदै नेत्रहीन हुन् । नेत्रहीन छविका सपना सामान्य मानिसभन्दा भिन्न छन् ।

दृष्टिविहीन नानीबाबुको आत्मनिर्भर जीवन

दृष्टि अपांगताले दृष्टिविहीन बालबालिकाहरूलाई आत्मनिर्भर भई अध्ययन एवं जीवनयापन गर्नका लागि समाजमा रहेका विभिन्न अप्ठ्याराहरू पार गर्नुपर्ने हुन्छ। अभिभावक, शिक्षक अपांगता क्षेत्रमा कार्यरत संघ–संस्था एवं समाजको संयुक्त पहल प्रयास रहेमा दृष्टि अपांगता भएका बालबालिकाहरूले पनि आत्मनिर्भर हुने कला सिक्न सक्छन्।

दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि भारतलाई

पाकिस्तानलाई २ विकेटले पराजित गर्दै भारतले दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि जितेको छ। युएईमा शनिबार सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको ३०९ रनको लक्ष्य भारतले ३८ दशमलव २ ओभरमा ८ गुमाई भेट्टायो।

दृष्टिविहीन विद्यार्थीको लागि १० लाखको अक्षयकोष

सदरमुकाम कुश्मास्थित शिवालयमा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको लागि १० लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । बेलायतमा बस्ने पर्वतेलीको संस्था पर्वत वेलफेयर सोसाईटी युकेले रकम संकलन गरि बिहिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता

जिल्ला सदरमुकाम बेनीमा बुधबार आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ ।

लडेर दृष्टिविहीन छात्राको मृत्यु

दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत एक छात्राको लडेर मृत्यु भएको छ। मृत्युहुनेमा लुलाङ–७ लमसुङका आठ वर्षीया यममाया विक रहेका छन्। म्याग्दीको पिप्ले–९ मौवाफाँटस्थित ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा २ मा अध्ययनरत उनको आइतबार साँझ मृत्यु भएको हो।

दृष्टिविहीन विश्वकप क्रिकेटःनेपाल र इङ्ग्ल्यान्ड भिड्ने

भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वन्टी क्रिकेट प्रतियोतिगताअन्तर्गत नेपालले आफ्नो सातौँ खेलमा मङ्गलबार इङ्ग्ल्यान्डको सामना गर्ने भएको छ।

दृष्टिविहीन परिवारका लागि घर बनाउने जीग्री–पाँडेको घोषणा (भिडियाे)

हास्य कलाकार कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे)ले सामाजिक काममा आफ्नो कमाइको ५ प्रतिशत लगानी गर्ने र वार्षिक १० वटा कार्यक्रम गर्ने घोषणा गरेका छन्। सामाजिक कामलाई निरन्तर रुपमा अघि बढाउने उद्देश्यले उनीहरुले यस्तो घोषणा गरेको जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्