२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बाजुरामा चामल खरिद र ढुवानी समयमै व्यवस्थापन गरिने

बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न सङ्घीय र प्रदेश कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ।

साँफे मार्तडी सडकको बल्देमा वैकल्पिक मार्ग निर्माण सुरु

साँफे मार्तडी सडक खण्डको पहिरोबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिक मार्ग निर्माण सुरु भएको छ। हप्तादिज भित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी साउन १७ गते भएको सहमति अनुसार बिहीबारदेखि काम सुरु भएको हो।

लगातारको वर्षाले साँफे–मार्तडी राजमार्ग अवरुद्ध

लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ।

अस्तव्यस्त खानेपानीले सास्ती

खानेपानीको उचित व्यवस्थापन नहुँदा मार्तडीवासीले सास्ती भोग्नुपरेको छ। खानेपानी व्यवस्थापनको जिम्मा लिएको मार्तडी बहृत् खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकामवासी सास्ती भोग्न बाध्य भएका हुन्।

मार्तडी–कोल्टी सडक दसैंसम्म सञ्चालन नहुने संकेत

मार्तडी–कोल्टी सडक बन्द भएको तीन महिना बित्यो। कच्ची भएकै कारण बर्खामा पानीले सडक अवरुद्ध बनेको छ। यो समस्या हरेक वर्ष दोहोरिन्छ। अहिले बर्खा लगभग सकिइसकेको छ। पानी पर्न कम भइसकेको छ। तैपनि स्थानीय तहले सडक सञ्चालनको सुरसार गरेको छैन।

मार्तडी–कोल्टी सडकका २० वर्ष : समय फेरियो, फेरिएन अवस्था

मार्तडी–कोल्टी सडक बन्द भएको तीन महिना भयो। कच्ची सडक भएकै कारण बर्खामा बर्सेनि सडक अवरुद्ध हुन्छ। यस पटक बर्खा सकिन लागे पनि स्थानीय तहले सडक सञ्चालनमा कुनै चासो देखाएको छैन।

बाजुरा सदरमुकाममा सडक कालोपत्रे धमाधम

अस्तव्यस्त बाजुरा सदरमुकाम मार्तडीको धुलाम्य र हिलाम्य सडक कालोपत्रे हुने भएको हो। वैशाखभित्र मार्तडी बजार क्षेत्रको बाटो कालोपत्रे भइसक्ने निर्माण भइरहको कम्पनीले बताएको छ। लामो समयदेखि सडक फराकिलो बनाउने बहसमै अल्झिएको सडक निर्माण कार्यले चैत्र पहिलो साताबाट गति लिएको हो।

मार्तडी–कोल्टी सडक अवरुद्ध

लगातारको हिमपातका कारण बाजुराको मार्तडी–कोल्टी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि सडक बन्द भएपछि बाजुरा ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ। चार÷पाँच फिट हिउँ जमेकाले हिँडडुलमा समस्या भएको स्थानीय छक्क मल्लले बताए। मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधन बीचैमा रोकिएको प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटले बताएका छन्।

पहिरोले साँफे मार्तडी सडक अवरुद्ध, ग्रामिण सडक समेत प्रभावित

लगातारको वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि साँफे मार्तडी सडक अवरुद्ध भएको छ।

साँफे मार्तडी सडक अवरुद्ध

बाजुसाँफे मार्तडी सडक खण्ड अन्र्तगत पर्ने तिपाडामा स्थानीयले सडक अवरुद्ध गरेका छन्। तिपाडा बजार क्षेत्रको सरकारले मुआब्जा नदिएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

मार्तडीलाई व्यवस्थीत शहर बनाउने तयारी

बाजुराकाे बडिमालिका नगरपालिकाले सदरमुकाम मार्तडीलाई व्यवस्थीत शहर बनाउन पहल थालेको छ । शहरको नमुनाका रुपमा विकास गर्न नगरपालिकाले सम्बन्धीत बजार बासी र सरोकारवाला निकायसँग छलफल सहीत पहल सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्