१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

इन्डोनेशियामा ज्यान गुमाउनेको स‌ंख्या १२ सय नाघ्यो

इन्डोनेशियामा विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेहरूको संख्या १२ सय नाघेको छ । यसअघिसम्म मृतकहरूको संख्या ८४४ पुगेको पुष्टि भएको थियो।

इन्डोनेसियामा भूकम्प, मर्नेको संख्या ३ सय नाघ्यो

इन्डोनेसियाको सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी तीन सय भन्दा बढीको मृत्यु भएको छ। इन्डोनेसियाली विपद राष्ट्रिय प्रकोप नियन्त्रण निकायका अनुसार शनिबार दिउँसोसम्म ३८४ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकको संख्या अझै बढ्ने बताइएको छ। ५४० भन्दा बढी घाइते छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

मध्य इन्डोनेसियामा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको भू विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन्। यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ।

भियतनामी राष्ट्रपति ट्रान दाई क्वाङको निधन

भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ।

भियतनामी कला प्रदर्शन

साठी वर्षे भियतनामी कलाकार डेङ केनका प्रिन्ट चित्रको प्रदर्शनी राजधानीस्थित अरुपण आर्ट ग्यालरीमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन शुक्रबार उद्योगी राजेशकाजी श्रेष्ठले गरे। एक दर्जनभन्दा बढी चित्र प्रदर्शनीमा राखिएका छन्।

सोलोमोन द्विपमा शक्तिशाली भूकम्प सुनामीको चेतावनी दिइएन्

मङ्गलबार सोलोमोन द्विपनजिकै शक्तिशाली भूकम्प गएको छ। दक्षिणी प्रशान्त महासागरिय क्षेत्रमा गएको यस शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी र मानवीय र सपत्तीको क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त भएको छैन्।

जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतराको सूचना

जापानमा मङगलबार बिहान शक्तिशाली भूकम्प आएको छ। सो भूकम्पले जापानको उत्तरपश्चिमी क्षेत्र फुकुसिमामा बढी प्रभाव पारेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्