४ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सोलोमोन द्विपमा शक्तिशाली भूकम्प सुनामीको चेतावनी दिइएन्

वेलिङ्गटन (न्युजिल्यान्ड)- मङ्गलबार सोलोमोन द्विपनजिकै शक्तिशाली भूकम्प गएको छ। दक्षिणी प्रशान्त महासागरिय क्षेत्रमा गएको यस शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी र मानवीय र सपत्तीको क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त भएको छैन्।

सो भूकम्प ६.७ म्याग्निच्युडको मापन गरिएको र गत डिसेम्बर ९ गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पको यो पराकम्प भएको बताइएको छ।

गत डिसेम्बर ९ गएको भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको सयौ घरहरुको क्षति र ध्वस्त भएका थिए । यस भूकम्पपछि दर्जनौ पराकम्पहरु आएका थिए।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार आज गएको भूकम्पको् केन्द्रविन्दु किराकिराबाट ८० किलोमिटर उत्तरपश्चिम र सोलोमोन द्विप राजधानी होनियाराबाट १६० किलोमिटर दक्षिणपूर्वमा ३५ किलोमिटर गहिराईमा रहेको छ।

यस प्रशान्त माहासागरिय राष्ट्रमा गत दुई हप्तायता पटक पटक शक्तिशाली भूकम्प गएको छ । सोलोमोन द्विपको छिमेकमा पर्ने पपुवा न्यु गिनीमा गत शनिबार ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। रासस/एपी

 

प्रकाशित: ५ पुस २०७३ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App