भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्नुहोस्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन्।