२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

विद्यार्थीहरु धमाधम बेहोस हुन थालेपछि कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरस्थित नेपाल आदर्श उच्च मावि बिहीवारदेखि बन्द गरिएको छ।

राष्ट्रिय सभा निर्वाचन छलफलमा भाग लिँदै गर्दा ग्रामथामका अध्यक्ष बेहोस

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन्।

गाजामा युद्धअपराधको त्रासदी, एनेस्थेसियाबिनै शल्यक्रिया

औषधिको अभावमा गाजामा कतिपय चिकित्सकले बेहोस पार्ने औषधि (एनेस्थेसिया) को प्रयोग नगरीकन गम्भीर घाइतेहरूको शल्यक्रिया गर्नुपरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जनाएको छ।

नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार

चितवन स्थित नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार गरिएको छ।

एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण

भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ। हिपको हड्डी भाँचिएर अस्पताल आएकी गोरखाकी गंगा गुरुङको सफल शल्यक्रिया गरिएको हो।

कक्षाकोठामै ३० विद्यार्थी बेहोस, विद्यालय बन्द

कालिकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला मा.वि.का ३० जना विद्यार्थी बेहोस भएका छन्।

अपडेटः चार बालबालिकासहित आठ भारतीय पर्यटकको मृत्यु (नामसहित)

उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक होटलमा बेहोस अवस्थामा फेला परेका आठ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ।

रिसोर्टमा अचेत भेटिएका ८ जना भारतीयको मृत्यु

मकवानपुरको एक रिसोर्टमा बेहोस भेटिएका आठ भारतीय पर्यटकको मृत्यु भएको छ। उपचारको क्रममा काठमाडौं ल्याइएका आठै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता कीरण बर्जाचार्यले पुष्टि गरिन्।

भूत देखेँ भने त बेहोस हुन्छु होला

नेपाली फिल्म क्षेत्रमा कुनै समय चकलेटी नायकका रुपमा चिनिएका र दर्शकमाझ लोकप्रिय बनेका अभिनेता हुन् आर्यन सिग्देल । उनको पछिल्लो फिल्म ‘हजार जुनीसम्म’ हो । उनीसँग नागरिक परिवारकर्मी भोला अधिकारीले गरेको क्याजुअल कुराकानीः

कोचिङ पढ्न जाँदा ९ छात्रा बेहोस, १ को मृत्यु

रम्भा गाउँपालिका–५, ताहुँमा कोचिङ्ग पढ्न जाने क्रममा विद्यार्थीहरु बेहोस् हुँदा एक जनाको मृत्यु भएको छ । रम्भा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत नौ जना बेहोस भएका पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गकी १६ वर्षीय कमला फालको मृत्यु भएको छ।

गर्मी सहन नसकेर वडाध्यक्ष बेहोस, उपचारका लागि आइसीयुमा भर्ना

थेग्नै नसक्ने गर्मी भएपछि वडाध्यक्ष बेहोस भएर ढलेका हुन्। उनलाई आइसीयुमा राखेर उपचार भइरहेको छ।

लेकमा थलिँदै यार्सायात्रु

यतिबेला कल्पना बोहोरा दुई जिउकी छिन्। उनी गर्भवती भएको पाँच महिना पुगेको छ। आर्थिक अवस्था कमजोर भएकाले दुई पैसा कमाउने लोभमा उनी यार्सागुम्बा टिप्न साइपाल गाउँपालिकामा पर्ने राइढुंगी लेक पुगेकी छिन्। उनी राईढुंगी लेक पुगेको दस दिन भयो। दोस्रोपटक आमा बन्न लागेकी उनलाई लेकमा पेट दुख्ने बिमार लागेको छ। उनी छिनछिनमा बेहोस हुन्छिन्। उनको पहिलो शिशु सात दिन नहुँदै खेर गएको थियो। लेक पुगेकी उनलाई आफ्नो भन्दा पनि गर्भको शिशुलाई केही हुन्छ कि भन्ने चिन्ताले सताएको छ।

भिरकोटमा मौरीको टोकाइबाट तीन जना बेहोस

जंगली मौरी (खाग) ले टोक्दा तीन जना बेहोस भएका छन्। तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोट अधेरीमा जंगली मौरीले टोक्दा तीनजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय कमल विक, हिरालाल विक र टंकलाल विक रहेको स्थानीय दानबहादुर श्रेष्ठले बताए। तीनै जना बेहोस छन्। त्यस्तै स्थानीय दिलबहादुर विक भागेर सुरक्षित रहेको श्रेष्ठले जानकारी दिए।

जब केन्द्र सरकारका मन्त्री मञ्चमै ढले...

भारतको केन्द्र सरकारका एक जना मन्त्री सार्वजनिक कार्यक्रममा बेहोस भएर ढलेका छन्। महाराष्ट्रको अहमदनगरस्थित महात्मा फुले कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी सडक तथा परिवहन मन्त्री नितिन गडकारी मञ्चमै बेहोस भएर ढलेका हुन्।

धादिङको गैरीगाउँमा न्वारनको भोज खाँदा बेहोस

जिल्लाको गजुरी गाउँपालिका –४, गैरीगाउँमा न्वारनको भोज खाँदा ५० जना भन्दा बढी बेहोस भएका छन्। आइतबार गैरीगाँउ निवासी अनिल चेपाङको छोरीको न्वारनमा भोज खाएकाहरु बेहोस भएको स्थानीय विजय चेपाङले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्