४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जिल्ला सदरमुकाममै छैन ‘हेलिप्याड’

धौलागिरि अस्पताल परिसरमा लामो समयदेखि हेलिप्याड बनाउन खोजेको भए पनि जग्गा अभावका कारण बनाउन नसक्दा क्याम्पसका भर पर्नुपर्ने अवस्था आएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष केबी रानाले बताए।

बागलुङमा खोप अभियान स्थगित

सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशनअनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको उनको भनाइ छ।

आफ्नै पाठ्यक्रम बनाउँदै बागलुङ नगरपालिका

बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ। नगरशिक्षा शाखाले चालू शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्नेगरी तयारी थालेको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए।

सवारी दुर्घटनामा ५ जना घाइते

जेसिबीमा ठोक्किएर अनियन्त्रित भएको एम्बुलेन्सले दक्षिणतर्फ नै आउँदै गरेको को ३८ प ६०६३ नम्बरको स्कुटरलाई समेत ठक्कर दिएको हो।’

पोखरा–बागलुङ सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध

सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ।

बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणबाट यहाँका थप दुई व्यक्तिको ज्यान गएको छ। बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो।

बागलुङमा निषेधाज्ञा केही खुकुलो

कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ। सोमाबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

बागलुङमा विपद्: ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

चिकित्सकको मेहनत: रातभर खटिएर भेन्टिलेटरको जोहो

भेन्टिलेटरमा तत्कालै राख्नुपर्ने बिरामीलाई आठ घण्टासम्म स्वास्थ्य स्थिर राखी भेन्टिलेटरमा सकुशल पुर्‍याउने कार्य प्राय असम्भव हुने स्वास्थ्यकर्मी बताउँछन्। अस्पतालका चिकित्सकको मेहनतका कारण एक सङ्क्रमितको अहिले फिस्टेल अस्पताल पोखराको भेन्टिलेटरमा उपचार भइरहेको छ।

बागलुङमा विवाह र भोजभतेरले फैलियो कोरोना

वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सङ्क्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो।

बागलुङ बजारकाे हार्डवेयर पसलमा आगलागी

आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए। हार्डवयर पसलमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको अनुमान स्थानीयवासीको छ।

बुटवलमा हत्या गरी बाग्लुङ लगेर गाडीयो शव

'शवसँगै भएको व्यावसायिक कागजातका आधारमा अनुसन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले बिहीबार पक्राउ गरेको छ, आर्थिक लेनदेनका कारण हत्या गरेको स्वीकार गरे पनि एक्लैले हत्या गरी शव बागलुङ ल्याउन मुस्किल हुन्छ, थप अनुसन्धान भइरहेको छ।'

बागलुङमा भेटियो किङ कोब्रा

बागलुङ नगरपालिका–७ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ। स्थानीय सुदीप गौतमका घरमा उक्त सर्प भेटिएको हो।

बलात्कारीलाई सात वर्ष कैद फैसला

कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए। विसं २०७७ असार १७ गते ती युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्