२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा ५ जना घाइते

शुक्रबार राति विराटनगरमा भएको सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

कोसी राजमार्गअन्तर्गत विराटनगरमा महानगरपालिका–३ स्थित ढाट नजिक राति सवा ९ बजेतिर जेसिबी, एम्बुलेन्स र स्कुटर ठोकिएर दुर्घटना हुँदा ५ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ क २४०३ नम्बरको जेसिबी पूर्वतर्फ मोडिँदै गर्दा पछाडि आउँदै गरेको १ च ४०७३ नम्बरको एम्बुलेन्स ठोक्किएको र एम्बुलेन्स ठोकिएपछि अनियन्त्रित हुँदा स्कुटरलाई ठक्कर दिइएको प्रहरीले जनाएको छ ।  

प्रसूति गराउनुपर्ने महिला लिएर अस्पतालतर्फ जाँदै गरेको एम्बुलेन्स जेसिबीमा ठोक्किएर दुर्घटना भएको बताउँदै, मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले भने, ‘जेसिबीमा ठोक्किएर अनियन्त्रित भएको एम्बुलेन्सले दक्षिणतर्फ नै आउँदै गरेको को ३८ प ६०६३ नम्बरको स्कुटरलाई समेत ठक्कर दिएको हो।’ 

दुर्घटनामा प्रसूतिका लागि अस्पताल लग्दै गरिएकी विराटनगर–४ की ३० वर्षीया आस्था बास्तोला, उनका पति ३३ वर्षीय ईश्वर बास्तोला र एम्बुलेन्स चालक विराटनगर–१ का २९ वर्षीय प्रदीप दाहाल घाइते भएका छन् भने स्कुटर चालक विराटनगर–१२ का ४३ वर्षीय पंकज भट्टराई र स्कुटरको पछाडि सवार २४ वर्षीय अमित सरदार घाइते भएका छन् । टाउको, हात, खुट्टा, घुँडा, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेका उनीहरुको कोसी अस्पताल र विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

दुर्घटनामा परेका सबै सवारी साधन र जेसिबी चालक विराटनगर–३ का २३ वर्षीय सुनील चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ असार २०७८ १३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App