२० आश्विन २०८१ आइतबार
image/svg+xml

२० हजार अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ।

मिर्मिरे लघुवित्तको एफपिओको निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३७ हजार २ सय ६० कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपिओ)का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

महामारीमा निगमको सुरक्षित उडान

‘नेपालको भन्दा फरक कुरा के छ, भने उनीहरुले यात्रुलाई एकैपटक हुलमा लिने गरेको देखियो । हामीले ३०–३० जना गरेर जहाजभित्र लैजाने र ल्याउने गरेका छौं,’ उनले भने, ‘हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सामाविक दूरीका लागि मार्किङ गरिएको छ । स्वास्थ्य सजगता अपनाइएको छ । यसले पनि अरु देशको व्यवस्थापनको तुलनामा हामी पनि अगाडि छौं भन्ने देखिएको छ ।’

अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन्। ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।

श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ। हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ।

विदेशबाट घर फर्काउने केहि उडान अनिश्चित केहि स्थगन

कोभिड १९ का कारण युएईमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई स्वदेश फर्काउन तय गरिएको नेपाल एयरलाईन्सको पहिलो २ उडान अनिश्चित बनेको छ । युएईको दुवई अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार र बिहिबार हुने भनिएको उडान रद्द भएको सूचना दूतावासले जारी गरेर एकैछिनमा हटाएपछि घर फर्किन हैसिएका नेपालीहरू निराश बनेका छन् ।

उडान तालिका सार्वजानिक

विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ।

बन्दाबन्दीमा सर्वाधिक उडान गर्ने नेपाल एयरलाइन्स

नेपालमा जारी बन्दाबन्दीको अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको छ।

सातामा तीन चार्टर्ड उडान भर्दै निगम

नेपाल वायुसेवा निगमले नेपालमा रोकिएका जापानी नागरिक र बिदामा नेपाल आएका नेपाली कामदार तथा विद्यार्थीलाई जापान लैजान एक साताभित्र तीन उडान भर्ने जनाएको छ । लकडाउनका कारण नेपालमै अलपत्र परेका दुई सय ५० यात्रुको चार्टर्ड उडानमार्फत शुक्रबार उद्धार हुने निगम स्रोतले जानकारी दिएको छ । अन्य दुई चार्टर्ड उडान भने जेठ ४ र ९ गते हुनेछन् ।

नेपाल एयरलाइन्सको जापानमा तीन चार्टर्ड उडान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ ।

एथ्लेटिक्सको चुनाव भदौमा

राष्ट्रिय खेलकुद परिषद (राखेप) को निर्देशनका कारण नेपाल एथ्लेटिक्स संघको मंगलबारलाई तय भएको निर्वाचित साधारणसभा भदौ २२ गतेसम्मका लागि स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्