१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कोरला-त्रिवेणी सडकः ‘लाइफलाइन’ सुधार्दै गण्डकी प्रदेश

कोरला–त्रिवेणी सडकलाई गण्डकी प्रदेशले ‘लाइफलाइन’ मानेको छ। राष्ट्रिय गौरवको यो आयोजनाले छोटो दुरीमा हिमाल र पहाडलाई तराईसँग जोड्छ। मुस्ताङमा पर्ने कोरलालाई नवलपुरको त्रिवेणीमा यसले जोड्छ। गण्डकी प्रदेशलाई भारतीय सीमासँग जोड्ने एकमात्र नाका पनि यही नै हो। कोरला–त्रिवेणी खण्डमध्ये अहिले कोरला–पोखरा सडक संचालनमा छ।

आगामी अधिवेशनमा चारवटा विधेयक टेबल गर्ने तयारी

गण्डकी प्रदेशसभाको आगामी अधिवेशनमा चारवटा विधेयक पेश हुने भएको छ। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अब केही दिनमा आह्वान हुँदैछ। तर कहिले शुरु हुने भन्ने टुंगो लागेको छैन।

लमजुङमा पुनः भूकम्पको धक्का

गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैनः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव नहुने बताएका छन्।

महावीर पुन ‘गण्डकी रत्न’ बाट विभूषित हुने

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ। उनले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्वपूर्ण योगदान दिएका थिए।

यात्रा ढिलो, तर गन्तव्य उन्मुखः मुख्यमन्त्री पोखरेल

जनताको चाहनाको तुलनामा प्रयासहरु पर्याप्त हुन नसकेपनि गन्तव्यतर्फ अघि बढिरहेको गण्डकी प्रदेश सरकारले बताएको छ। अहिलेसम्मको यात्राको गति ढिलो भएपनि गन्तव्यतर्फ नै अघि बढेको हँुदा लक्ष्य हासिल हुनेमा कुनै शंका गर्नुपर्ने ठाउँ नरहेको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए।

रगतका लागि पैसा तिनुपर्ने बाध्यता प्रदेशभरि अन्त्य: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिरामीका आफन्तले उपचारका क्रममा आवश्यक रगतका लागि पैसा तिनुपर्ने अवस्थाको अन्त्य भएको बताए।

पोखरालाई आर्थिक विकासको हब बनाउनुपर्छ: मुख्य मन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई आर्थिक विकासको हब बनाउने खालका योजना तर्जुमा गरेर अगाडि बढ्नपर्ने बताएका छन्।

योजनाको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्छौंः मुख्यमन्त्री पोखरेल

चालु वर्ष प्रदेश सरकारले हतारमा बजेट ल्याउनुपर्दा कतिपय जनताका माग सम्बोधन गर्न नसक्नु आफ्नो बाध्यता रहेको पनि स्वीकारे।

गण्डकी प्रदेशमा थप २९० जनामा कोरोना सङ्क्रमण

सङ्क्रमित हुनेमा कास्कीका १७९, स्याङ्जाका २६, बाग्लुङका १९, लमजुङका १७, म्याग्दीका १५, तनहुँका १४, मुस्ताङका नौ, पर्वतका पाँच, नवलपरासी पूर्वका चार, गोरखा र मनाङका एक/एक रहेका छन्।

राष्ट्रियसभाः गण्डकीबाट आले, पन्त र सुनार विजयी

राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तीनैजना उम्मेद्वारहरु विजयी भएका छन्। राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुई र नेपाली कांग्रेसका एक गरी तीनै जना उम्मेद्वारहरु विजयी भएका हुन्।

भोलिदेखि वर्षाको सम्भावना

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा इरान, अफगानिस्तान र पाकिस्तानमा पानी पर्न थालिसकेको बताए।

हक्की टोली वीरगन्जतर्फ

वीरगन्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताका लागि गण्डकी प्रदेशको महिला टोलीलाई बिदाइ गरिएको छ।

प्रधानमन्त्री कप क्रिकेटः एपिएफलाई लगातार तेस्रो सफलता

अन्तिम ६ बलमा गण्डकीलाई जितका लागि ६ रन नै आवश्यक भएको अवस्थामा बलिङमा आएका किशोर महतोले केवल ३ रन खर्चिएर २ विकेट लिएपछि एपिएफले रोमाञ्चक जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो।

‘गण्डकी रत्न’ बाट सम्मानितको हैसियत प्रदेश सांसद बराबर

गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ प्रदान गर्ने भएको छ। गण्डकी प्रदेश सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक रुपमा तीनजनालाई ‘गण्डकी रत्न’ले सम्मान गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्