५ आश्विन २०८१ शनिबार
image/svg+xml

महिला स्वास्थ्य स्वयंसेविका : पहिले औषधि, अहिले सुझाव

कालिका गाउँपालिका–५ ज्याङलाङकी अन्जिता तामाङको घरमा महिनामा करिब १५ जना बिरामी पुग्छन्। उनी महिला स्वास्थ्य स्वयंसेविका हुन्। उनले स्वयंसेविकाको रूपमा काम गर्न थालेको १३ वर्ष भयो। दुई वर्षअघिसम्म उनले घरमा आएका बिरामीलाई औषधि दिने गर्थिन्। सामान्य चोटपटक लाग्दा, ज्वरो आउँदा, झाडापखाला लाग्दा उनको घरमा पुग्ने बिरामी अझै घटेका छैनन्। तर २०७४ साउनदेखि स्वास्थ्य संस्थाले औषधि उपलब्ध गराउन छाडेपछि घरमा पुगेका बिरामीलाई फर्काउनुको विकल्प छैन।

औषधि उद्योगमा आगलागी हुँदा करोडौंको क्षति

रुपन्देहीको ओमसतिया गाउपालिका वडा नम्वर १ खुन्सामा रहेको एक औषधि उद्योगमा भीषण आगलागी भएको छ। एसियन फार्मास्युटिकल प्रा.लि.मा आगलागी हुंदा करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

रुपन्देहीमा औषधि उद्योगमा भिषण आगलागी

रुपन्देहीमा एउटा औषधि उद्योगमा आगलागी हुँदा करोडौको क्षति भएको छ। रुपन्देहीको ओमसतिया गाँउपालिकामा रहेको एसियन फार्मास्युटिकल प्रालिमा आगलागी हुँदा करोडौको औषधि तथा कच्चा पदार्थ जलेर नष्ट भएको छ।

गुणस्तरहीन औषधि बेच्ने पसललाई कडा कारबाही गछौंः स्वास्थ्य मन्त्री यादव

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन्।

महामारीका लागि पठाएकाे औषधिको म्याद बाटोमै गुज्रियो

जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले महामारी हुन सक्ने ठाउँमा पठाएको औषधि, बाटोमै म्याद गएको खुलासा भएको छ। जिल्लामा महामारी हुनसक्ने सम्भावित ठाउँमा तयारी हालतमा राखी पठाउने भन्दै राखिएको औषधि बाटोमै म्याद गुज्रेपछि समस्य भएको हो।

अस्पतालकै फार्मेसीमा छैनन् पर्याप्त औषधि

सरकारी अस्पताल आफ्नै फार्मेसी सञ्चानल गर्नुपर्ने बाध्यकारी व्यवस्था अनुसार अहिले अधिकांश अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरिरहे पनि ती फार्मेसीमा आवश्यक औषधि भने उपलब्ध नरहेको पाइएको छ।

अञ्चल अस्पतालमा औषधि अभाव

कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ। औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन्। बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ।

म्याद गुज्रेका औषधि जफत

जिल्लाको जन्तेढुंगा गाउँपालिकामा सञ्चालित औषधि पसलबाट म्याद गुज्रेका औषधि जफत गरिएको छ। घरेलु तथा साना उद्योग विकास समितिको अगुवाइमा बिहीबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा जन्तेढुंगा–५ चिसापानी बजारमा सञ्चालित सो औषधि पसलबाट ५ हजार १ सयबराबरको म्याद गुज्रेका औषधि जफत गरिएको हो।

खाेटाङमा म्याद गुज्रेका औषधि जफत गरी जलाइयाे

घरेलु तथा साना उद्योग विकास समितिको अगुवाइमा बिहीबार गरिएको संयुक्त बजार अनुगमन क्रममा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा सञ्चालित एक औषधि पसलबाट ५ हजार १ सय बराबरको म्याद गुज्रेका औषधि जफत गरिएको हो।

नेपालमा उपलब्ध हुने २९ प्रतिशत औषधि फर्माकोपिया भएकै छैनन्

नेपालमा उपलब्ध हुने औषधिमध्ये २९ प्रतिशत औषधि कुनै पनि देशको फर्माकोपियामा  आधारित नरहेको देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले यस्तो देखाएको हो। औषधि व्यवस्थापन विभागका अनुसार नेपालमा दर्ता भएका १ सय २७ स्वदेशी उत्पादकले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास प्रमाणित नभएको देखाएको छ ।

खाने कसरी, पिउने कसरी?

हामीले खाने खानेकुरा मिलाएर खाएमा खाना नै औषधि हो र मिलाएर खान नजाने खाना नै विष बन्छ। हाम्रो शरीर बन्ने र बिग्रने हामीले खाएको खानामा भर पर्छ। शरीर निर्वाह गर्न र स्वस्थ रहन खाना चाहिन्छ। तर नमिलेको खानाले शरीरलाई हानि गर्छ।

म्याद गुज्रेका औषधि जफत

खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा सञ्चालित औषधि पसलबाट म्याद नाघेका औषधि फेला परेको छ। घरेलु तथा साना उद्योग विकास समितिको अगुवाईमा विहीबार गरिएको संयुक्त अनुगमनका क्रममा एउटै औषधि पसलबाट म्याद नाघेका १ हजार ४७६ रुपैयाँ बराबरको औषधि फेला परेको हो।

'सूचना पहिल्यै चुहिएपछि सीधासाधा मात्र फस्छन्'

खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा सञ्चालित औषधि पसलबाट म्याद नाघेका औषधि फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्