३ मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल बैंक डुबाउने १५५ जना भ्रष्टाचारी ठहर

सर्वोच्च अदालतले १६ वर्षपछि पहिलो बैंकिङ कसुरसम्बन्धी मुद्दा किनारा लगाउँदै १ सय ५५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पहिलो बैंकिङ कसुर मुद्दा पुनरावेदन, विशेष हँुदै सर्वोच्च पुगेपछि पनि १० वर्ष अल्झिएर बल्ल अन्तिम किनारा लगाएको हो।

शैक्षिक भ्रष्टाचारविरुद्ध नयाँ शक्ति विद्यार्थी युनियनले संघर्ष गर्ने

नयाँ शक्ति विद्यार्थी युनियनले संगठनको राष्ट्रिय सम्मेलन गर्ने भएको छ। युनियनको केन्द्रीय समितिको बैठकले चैत्र २४, २५ र २६ गते बुटबलमा सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता रुपनारायण श्रेष्ठले जानकारी दिए।

नयाँ शक्ति पार्टीका केन्द्रीय नेता पूर्वएआईजी भट्टराई भ्रष्टाचार आरोपमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (पूर्व एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्टाचार आरोपमा हिरासतमा लिएको छ।

ल्हारक्याल लामालार्इ भ्रष्टाचार मुद्दामा सफाइ

विशेष अदालतले नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामालाई अकुत सम्पत्ती आर्जन मुद्दामा सफाई दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख ३० लामा विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

कामपाका दुई इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामहरि फुयाँलले रु दुई करोड ७३ लाख नौ हजार ३३२ भ्रष्टाचार गरेको दाबीसहित आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

१० लाख भ्रष्टाचारीलाई सजाय

चीनले भ्रष्टाचार मुद्दामा दोषी पाइएका १० लाखभन्दा बढीलाई सजाय दिएको बताएको छ । चिनियाँ सरकारी अधिकारीले विगत ३ वर्षमा यत्तिको संख्यामा भ्रष्टाचारमा दोषी पाइएको पुष्टि गरेका हुन् ।

फेरि सुस्तायो लडाकु शिविर भ्रष्टाचार प्रकरणको छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'लडाकु शिविर भ्रष्टाचार प्रकरणमा' नेकपा माओवादी केन्द्रको नेतृत्वलाई अनुसन्धान दायरमा ल्याउन तोकेको ३० दिनको अवधि कुनै काम नगरी गुजारेको छ। सर्वोच्च अदालतले आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विवाद सम्बन्धी मुद्दा पुनरवलोकन गर्ने आदेश गरेकै दिन भदौ ३१ गते साँझ  आयोगले पत्रकार सम्मेलन गरी यस्तो समयसीमा तोकेको थियो।

'सुनौला हजारमा चरम भ्रष्टाचार'

दाताको सहयोगमा सरकारद्वारा सञ्चालित 'सुनौला हजार कार्यक्रम'माव्यापक भ्रष्टाचार भएको सरकारी छानबिनमै फेला परेको छ। गर्भावस्थादेखि शिशु स्याहारसम्मका हजार दिनलाई लक्षित गरी विश्व बैंकको सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम लागू भएका जिल्लामध्ये धनुषा, सप्तरी, सिराहा, महोत्तरी र रौतहटमा तलबभत्ता, सामान खरिदलगायत नाममा भ्रष्टाचार भएको पाइएको हो।

लडाकु भ्रष्टाचारमा ठूला नेता तानिँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकतालाई बयानमा डाक्न पत्राचार तयारी गरेको छ । २०७० पुसमै लडाकु भ्रष्टाचार सम्बन्धी सक्कली फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासि २०७३ भदौ ३१ गते पत्रकार सम्मेलन गर्दै यस प्रकरणको अनुसन्धान अघि बढाइएको जानकारी दिएको थियो ।

हज कमिटीमाथि भ्रष्टाचार आरोप

५० वर्षीया खाफिजा बेगमलाई शनिबारको दिन निकै पीडादायी रह्यो। पीडाबाट मुक्ति पाउन खाफिजाले राजधानीको घन्टाघरस्थित जामे मस्जिदको भित्तामा रहेको टिभीको सहारा लिन  खोजे पनि मनले पटक्कै मानिरहेको थिएन।

भ्रष्टाचार मुद्दामा ल्हारक्यालसँग १ करोड धरौटी माग

काठमाडौं— विशेष अदालतले विवादास्पद तथा निलम्वित माओवादी केन्द्रका सांसद ल्हारक्याल लामासँग १ करोड धरौटी माग गरेको छ। गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पहिलो सुनुवाई गर्दै बुधबार विशेषले उक्त रकम धरौटी माग गरेको हो।

भ्रष्टाचार गरे न्यायाधीशलाई कारबाही

व्यवस्थापिका संसदमा मंगलबार पेस भएको 'न्याय परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक' मा न्यायाधीशका लागि भ्रष्टाचार निवारण ऐन २०५९ लागू हुने व्यवस्था गरेपछि उन्मुक्ति नपाउने भएका हुन्।

'कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत'

पछिल्लो एक वर्षभन्दा बढी समयदेखि एकपछि अर्को चुनौतीले ङ्याकेर नेपाली अर्थतन्त्र कठिन अवस्थाबाट गुजि्ररहँदा सरकारी सहयोगमै कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत भएको विज्ञहरुले दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्