गाडेर शव लुकाउन खोज्दा ५ जना पक्राउ
इलाका प्रहरी कार्यालय बुटवलले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्नलाई सार्वजनिक गरिएको हो।
इलाका प्रहरी कार्यालय बुटवलले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्नलाई सार्वजनिक गरिएको हो।
बुटवलको मैनाबगरमा अज्ञात समूहको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ। मैनाबगर अटो भिलेजमा काम गर्ने भारतीय नागरिक फिरोज खानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गोली प्रहाराबाट घाइते खानलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।
प्रदेशका सबै जिल्लाका लागि गाडी छुट्ने बुटवल बसपार्क बिहीबार दिनभर सुनसान भयो। बन्दका क्रममा प्रदेशमा अप्रिय घटना नभए पनि पूर्वी नवलपरासीमा दुई वटा ट्रकमा आगजनी भएको छ।
२१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) बाट बुटवलमा सुरु हुँदैछ। बुटवल– ११ देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ।
प्रदेश नम्बर ५ सरकारले प्रथम स्थापना दिवस शुक्रबार मनाएको छ। प्रदेशको अस्थायी राजधानी रहेको बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर प्रथम स्थापना दिवस मनाएको हो। दिवसका अवसरमा प्रदेशका १२ वटै जिल्लाका साँस्कृतिक झाँकी सहितको प्रभातफेरी निकालिएको थियो।
प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि बुटवलमा कृषि मेला सुरु भएको छ। मेलाको नारा बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने रहेको छ।
२१ औं संस्करणको तिलोत्तमा गोल्डकप आउँदो फागुन २ देखि हुने भएको छ। बुटवल देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने गोल्डकप फागुन ११ सम्म सञ्चालन हुनेछ। प्रतियोगिता रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उपमहानगरको संरक्षकत्वमा आयोजना हुनेछ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा नेपाल तरुण दलले बुटवलमा शनिबार प्रदर्शन गरेको छ। सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षा पाउनुपर्ने आम नागरिकको नैसर्गिक अधिकार हनन् हुने प्रावधानसहितको स्वास्थ्य शिक्षा विधेयक पारीत भएपछि त्यसको विरोधमा उत्रिएको तरुण दलले बताएको छ।
राजनीति पुर्वाग्रहबाट प्रेरित भइ सरकारले गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटनको संघारमा पुर्याएको भन्दै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ।
बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन, इनर्जी बैंकिङ, बिजुलीको दर रेट, पञ्चेश्वर आयोजना, भारतीय कम्पनीले सञ्चालन गरेका आयोजना (अरुण तेस्रो, माथिल्लो कर्णाली लगायत)को प्रगति लगायत विषयमा छलफल गर्न भारतीय ऊर्जा मन्त्रालयका सचिव अजय भल्ला नेतृत्वको टोली मंगलबार नेपाल आएको छ।
प्रदेश ५ को स्थायी राजधानी बुटवललाई नै तोकिनुपर्ने भन्दै नेपाली कांग्रेसले बिहीबार बुटवलमा बृहत प्रदर्शन गर्यो। पार्टीका केन्द्रीय नेताहरूको उपस्थितिमा हजारौं जनता सडकमा उतारेर राजधानीका लागि गरिएको कांग्रेसको प्रदर्शनप्रति बुटवलवासीहरूको यथेष्ट समर्थन त रहला तर समग्र प्रदेशका १२ जिल्लाका लागि त्यो प्रदर्शन कति उपयुक्त वा अनुपयुक्त भन्ने सवाल बहसको विषय बनेको छ।
नेपाली कांग्रेसले रुपन्देहीलाइ नै स्थायी राजधानी कायम गर्न माग गर्दे विहिबार बुटवलमा बृहत जनप्रदर्शन तथा खबरदारी सभा गरेकाे छ। सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रीय तथा विभिन्न जिल्लाका नेताहरुले बुटवलबाट राजधानी अन्यत्र सार्ने षडयन्त्र भए त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिए।
नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिने उदेश्यले खबरदारी सभा गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला गत वर्ष माघ ३ गते बुटवललाई अस्थायी राजधानी तोकेको थियो।
प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा चक्रपथ निर्माण प्रक्रिया सुरु भएको छ। दिनप्रतिदिन जनघनत्व बढ्न थालेपछि बुटवल उपमहानगरले १९ वटै वडामा नगरबस सञ्चालन गर्ने गरी चक्रपथ निर्माण थालेको हो।
बुटवल–तानसेन सडक खडक खण्डको तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।