४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोखरामा एमालेले फेर्‍यो मेयरका उम्मेदवार

पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारको टिकट पाएपछि एमालेका गण्डकी प्रदेश सदस्य कृष्ण थापाले राजीनामा दिएका छन्। एमालेले दीपक पौडेललाई दिईसकेको मेयरको टिकट अन्तिम समयमा खोसेर थापालाई दिएको छ।

पोखरा महानगरः उपमेयरमा अझै अन्योल

पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारमा दलहरुले टुंगो लगाएपनि उपमेयरमा भने अझै निर्णय हुन सकेको छैन। उम्मेदवारी दिन सुरु हुँदा पनि प्रमुख दलले उपमेयरको टुंगो लगाउन नसकेका हुन्। एमाले केन्द्रीय सचिवालयले उपमेयरमा मञ्जुदेवी गुरुङलाई शिफारिस गरेको भएपनि उनले भने उपमेयरमा उम्मेवार बन्न अस्वीकार गरेकी छिन्।

कांग्रेसले पोखरा महानगरको उपमेयरमा दश जनाको नाम पठायो

आगामी स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसले दश जनाको नाम सिफारिस गरेको छ ।

पोखरा महानगरः एमालेले १२ जना आकांक्षीकै नाम पठायो

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवारका आकांक्षी सबैको नाम सिफारिस गरेको छ। मतदानबाट उम्मेदवार छान्न प्रक्रिया शुरु भएपनि अन्तिममा नेकपा एमाले महानगर कमिटीको बैठकले मेयर तथा उपमेयरका सबै आकांक्षीको नाम माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय भएको हो।

पोखराः मेयरको उम्मेदवार छान्न एमालेमा मतदान हुँदै

पोखरा महानगरपालिकामा नेकपा एमालेको मेयरको उम्मेदवार छान्न चुनाव हुने भएको छ। उम्मेदवारका आकांक्षी धेरै भएपछि एमालेले मतदानबाट उम्मेदवार छान्न लागेको हो। नेकपा एमाले पोखरा महानगर कमिटिका सदस्यहरुको मतबाट उम्मेदवार चयन गरिने महानगर कमिटीका अध्यक्ष दीलिप न्यौपानेले जानकारी दिए। एमाले महानगर कमिटीमा ११० सदस्य रहेका छन्।

पोखरा भन्छः हेर्न र बस्नलायक सहर बनाउने मेयर देउ

पोखरा महानगरपालिका आफैमा सुन्दर पर्यटकीय सहर हो। यसलाई अझ सुन्दर बनाउने जिम्मा जनप्रतिनिधिको पनि हो। त्यसैले पोखरेली भन्छन्, ‘अघिल्लो पटक जितेका प्रतिनिधिको कामको मुल्यांकन गरिरहेका छौ। तर, अब जनप्रतिनिधि बन्न चाहनेले पोखरालाई कस्तो बनाउने भनेर एक कदम अघि बढेर सोच्नुपर्ने हुन्छ।’ जुनसुकै राजनीतिक दलबाट उम्मेदवार बनेर पोखरा हाँक्ने जिम्मा लिएपनि ती प्रतिनिधिले पोखरालाई थप बिग्रन नदिन थुप्रै काम गर्नुपर्ने पोखरेलीको भनाई छ।

एमालेबाट पोखरामा मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाको दाबेदारी

आगामी वैशाख ३० गते हुने चुनावमा पोखरा महानगरपालिकाको मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्णबहादुर थापा र राजिव पहारी, मीनाकुमारी गुरुङ, रश्मी आचार्य, भीम कार्की, दीपक पौडेल, पुष्पज्योति ढुंगाना, दर्शन लामा, बालासिंह काउछा मगर, प्राडा विश्वकल्याण पराजुली, पुष्पराज अधिकारी र सावित्री भण्डारीले नाम दर्ता गराएका छन्।

पोखरा महानगरमा कांग्रेसको दावा

स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा सत्तारुढ गठबन्धनका अरु दलले दावी गरिरहँदा कांग्रेसले भने मेयर छाड्न नसकिने बताएको छ। कुनैपनि हालतमा पोखरा महानगरको मेयरको उम्मेदवारी पाउनुपर्ने कांग्रेसको दावी छ। मेयरको उम्मेदवारी कांग्रेसलाई दिलाउन दलका नेताहरु ‘डेलिगेसन’ नै गएका छन्।

पोखरामा मेयरसहित दश वडामा 'अटेरी उम्मेदवार'

पोखरा महानगरपालिकाको मेयरसहित विभिन्न वडामा गैर राजनीतिक व्यक्तिले उम्मेदवारी घोषणा गरेका छन्। गैर राजनीतिक ती उम्मेदवारहरुले आफूहरुलाई ‘अटेरी उम्मेदवार’ को नाम पनि दिएका छन्।

महानगर खेलकुद विकास समितिलाई पूर्णता

लामो समयपछि महानगर खेलकुद विकास समितिले पूर्णता पाएको छ। नवगठित महानगर समितिका सदस्यहरुलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सपथ तथा गोपनियताको सपथ खुवाए।

महानगरको न्यायीक समितिः महिला आउँछन्, पुरुष लजाउँछन्

पोखरा महानगरपालिकाको न्यायीक समितिमा न्याय माग्दै महिला मात्र आउने गरेका छन्। महानगरको उपप्रमुखको नेतृत्वमा रहेको न्यायीक समितिमा न्याय माग्न पुरुष भने हत्तपत्ति आउँदैनन्।

पोखरा महानगरको खेलकुदमा लगानीः ५ वर्षमा पाँचकरोड पनि पुगेन

पोखरा महानगरपालिकाले आफनै खेलकुद निर्माण गर्न शुरु गरेपनि सफल भने हुन सकेन। चरणबद्ध योजनासहितको बजेट विनियोजन गरेपनि ती पूर्वाधार बनाउन महानगर असफल देखिएको सम्बन्धीत वडाध्यक्ष स्वीकार्छन्।

विकास निर्माणमा स्थानीय तह र प्रदेशबीच समन्वयको खाँचोः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह र प्रदेशबीच समन्वय नभएसम्म विकास निर्माण प्रभावकारी नहुने जिकिर गरेका छन्। मुख्यमन्त्री पोखरेलले शुक्रबार पोखरा महानगरपालिकाको दशौं नगरसभालाई सम्बोधन गर्दै विकास निर्माणमा समन्वयको खाँचो औंल्याए।

सेतीबाट निर्माण सामग्री निकाल्न बतासको प्रस्तावः बिनाअध्ययन ३५ वर्षसम्म ठेक्का दिने तयारी

पोखरा देशकै ठूलो महानगरपालिकामा पर्छ। यसको वार्षिक बजेट ६ अर्ब १९ करोड रुपैयाँ छ। जसको एक–डेढ प्रतिशतमात्र रकम खर्चिने हो भने पनि सेतीको डिपिआरदेखि इआइए र जोखिम मूल्यांकन गर्न पुग्छ। तर महानगरपालिका त्यो दायित्वबाट पन्छिएर बतास समूहलाई सम्पूर्ण जिम्मा दिने तयारीमा छ।

पोखरा महानगरको लापरबाही: बर्थिङ सेन्टरको उपकरण अलपत्र

पोखरा महानगरको चरम लापरबाहीका कारण मौजामा स्वास्थ्यचौकी स्तरोन्नती मात्र होईन, बर्थिङ सेन्टर पनि बनेन। जसका कारण त्यहाँका सुत्केरी महिला र शिशु अनाहकमै ज्यान गुमाउन बाध्य छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्