बजेट : कैदीले पाउने रकम बढ्यो
सरकारले कैदीबन्दीको सेवासुविधा बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा कारागारमा रहेका कैदीले पाउँदै आएको सेवासुविधा रु ४५ बाट बढाई ६० पुरयाइएको उल्लेख छ।
सरकारले कैदीबन्दीको सेवासुविधा बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा कारागारमा रहेका कैदीले पाउँदै आएको सेवासुविधा रु ४५ बाट बढाई ६० पुरयाइएको उल्लेख छ।
गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारबाट एकैदिन १५ कैदी बन्दी छुटेका छन्।
सुनसरीको रामधुनी नगरपालिकामा रहेको क्षेत्रीय कारागार झुम्कामा रहेका ६०० भन्दा बढी कैदीबन्दीले मुढा बनाएर आय आर्जन गरिरहेका छन्।
सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेको पाइएको छ। करीब १३५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २९४ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ।
जिल्ला कारागार तेह्रथुममा क्षमता भन्दा चारगुणा बढी कैदीबन्दी राखिएपछि समस्या देखिएको छ। २५ जना पुरुष र १० जना महिलाको क्षमता रहेको कारगारमा अहिले ९८ जना कैदीबन्दी छन्।
जिल्ला कारागार शाखा गोरखमा मंगलबार बिहानैदेखि कैदीबन्दी तालाबन्दी गरेर आन्दोलित भएका छन्। त्यहाँ रहेका नाइके, भाइनाइके, चौकीदारले कैदीबन्दीलाई शोषण, भेद्भाव र दमन गरेको भन्दै अन्य कैदीबन्दी बिरोधमा उत्रिएका हुन्।
कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन्। ९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन्।
कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ।
ब्राजिलको उत्तरी क्षेत्रमा रहेको बेलेमको करागारमा रहेका कैदीलाई भगाउन सशस्त्र समूहले प्रयास गर्दा २० जना मारिएका छन्।
४ दशकअघि बनेको ५० जना क्षमताको उदयपुर कारागारमा अहिले सय भन्दा बढी कैदीबन्दी कोचिएर बस्नु परेको छ। नयाँ भवन नबन्दा २०४५ र २०७२ को भूकम्पको धक्काले जीर्ण भइसकेको भवनमा झण्डै तेब्बर बढी १ सय २३ जना कैदीबन्दी राखिएका छन्।
जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन्।
जिल्ला कारागार काभ्रेका कैदीबन्दीले आन्तरिक व्यवस्थापकका रूपमा कारागारभित्र खटिएका नाइके र सहनाइकेहरूले ज्यादती गरेको भन्दै आन्दोलन गरेका छन्।
काभ्रे कारागारमा रहेका कैदी बन्दीहरुले जेल भित्र प्रदर्शन गरेका छन्। उनीहरुले जेल प्रशासन र नाइके, भाइ नाइकेको ज्यदती र राशनमा घोटाला भएको भन्दै नाराबाजी गरेका हुन्।
सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका ९८ कैदीबन्दीलाई थप कैद सजायको फैसला सुनाएको छ।
सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका कैदीलाई थप कैद सजायको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दीपक खनालको इजलासले भूकम्पको समयमा भागेर अझै सम्पर्कमा नआएका ९८ जना कैदीलाई उक्त फैसला सुनाएको हो।