३ आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रदेश २ मा थपिए २५९ संक्रमित, पर्सामा सबैभन्दा बढी

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा १४१, बारामा २३, रौतहटमा १७, सर्लाहीमा ६, महोत्तरीमा १५, धनुषामा ४६, सिरहामा ७ र सप्तरीमा १ जना संक्रमित थपिएका छन्।

निर्देशनालय गठन नहुँदा सहकारीमा बेथिति बढ्दो

लुम्बिनी प्रदेशमा सहकारी सम्बन्धि नियामक निकाय गठन नहुँदा बेथिति बढेको छ । प्रदेश सरकार स्थापनाको तीनवर्षमा पनि लुम्बिनी प्रदेशमा सहकारी विकास निर्देशनालय गठन हुन सकेन छैन ।

सलहका झुन्ड सुदूरपश्चिममा

प्रदेश कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने, ‘शुक्लाफाँटाबाट नेपाल भित्रिएको सलहको झुन्ड महाकाली नदी किनार क्षेत्रमा आइपुगेको स्याटलाइटले देखाउँछ ।’ सलह नियन्त्रणका लागि प्रदेश कृषि विकास निर्देशनालय दिपायलको ¥यापिड रेसपोन्स टिम तैनाथ गरिएको उनले बताए ।

रुपन्देहीमा देखिएको सलहको झुण्ड पाल्पातर्फ लाग्यो

रुपन्देहीका बिभिन्न स्थानमा फट्याङग्रा जातको सलहको बथान देखिएको छ । आज दिउँसो बुटवलको सुख्खानगर, दिपनगर, गोलपार्क, सैनामैना, तिलोत्तमाको ड्राइभरटोल, देवदहको लडियाबाद, भलुही, वडा न ६ को पिपलडाँडा, खरेनी बजार, चरङ्गे लगायतका क्षेत्रमा सलहको बथान देखिएको थियो ।

सांसदका कुरा सुन्दैन सरकार

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले औषधि उपकरण खरिदमा अनियमितता गरेको उजुरी परेपछि संसद्को सामाजिक विकास समितिले मन्त्रालयसँग आवश्यक कागजात माग्यो। समितिले साउन पहिलो साता नै सामाजिक विकास मन्त्रालय र त्यस मातहतको स्वास्थ्य

हरेक जिल्लामा सैनिक विद्यालय

नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ। नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो।

लामो दूरीका  १ सय ११ चालक कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारी साधनमा दुई चालक नराख्ने १११ चालकलाई कारवाही गरेको छ। महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गरेका सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो।

नौ वर्षदेखि अलपत्र पुल बनाउन अनशन

सिरहा र सप्तरीबीच द्रुत सम्पर्कको सेतुमात्र होइन– बलान नदीको पुल। यो पुल निर्माणसँग सिरहा–सप्तरीबीच द्रुत सम्पर्क मात्र होइन, मधेसकै जीवनपद्धतिसमेत जोडिएको छ। सप्तरीसँग सिरहालाई जोडेर यस भेगका जनताको जीवनपद्धतिमा कायापलट ल्याउन सक्ने सेतु बलान नदीको पुल निर्माण करिब नौ वर्षदेखि अलपत्र छ।

सेनाले एयरक्राफ्टको संख्या दोब्बर पार्दै

नेपाली सेनाले हवाइ सेवा निर्देशनालय अन्तर्गत एयरक्राफ्टको संख्यामा हालको भन्दा दोब्बर गर्ने भएको छ। दीर्घकालीन हवाई योजना अन्तर्गत वि.सं.२०८२ सम्म एयरक्राफ्टको संख्या ३१ पुर्‍याउने लक्ष्य राखिएको सेनाको हवाई सेना निर्देशनालयले जनाएको हो। सेनाले हाल रहेका १४ वटा एयरक्राफ्टबाट वृद्धि गरेर उक्त संख्या पुर्‍याउन लागेको छ।

१ लाख घुससहित गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख पक्राउ

पोखराको बुद्धचोकबाट साँझ ६ बजे १ लाख रुपैयाँ घुससहित  गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेल रंगेहात पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्