५ मंसिर २०८१ बुधबार
image/svg+xml

भारतीय नागरिकलाई शहीद घोषणा गर्न मोर्चाको माग

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रहरीसँगको भिडन्तका क्रममा मारिएका भारतीय नागरिकलाई शहीद घोषणा गर्नुपर्ने माग अघि सारेको छ। पाँच महिनासम्म चलेको मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीसँगको भिडन्तमा मारिएका एक भारतीयलाई शहीद घोषणा गरी १० लाख रुपैयाँ उपलब्ध गराइनुपर्ने मोर्चाको माग छ।

अर्जेन्टिनाका नयाँ प्रशिक्षकलाई भेट्ने मेसीको इच्छा

ब्युन आयर्स— अर्जेन्टिनाका पूर्व कप्तान तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले अर्जेन्टाइन राष्ट्रिय फुटबल टिमका नयाँ प्रशिक्षक इडगार्डो बौजालाई भेट्न इच्छा गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। त्यस्तै प्रशिक्षक बौजाले पनि आफू मेसीलाई भेट्न आगामी हप्ता बार्सिलोना जाने बताएका छन्। फक्स स्पोटर्ससँग कुरा गर्दै उनले आफूले मेसीलाई राष्ट्रिय टिममा फर्कन आग्रह गर्ने बताए।

आजैको क्याबिनेटबाट आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने सहमति

सरकारले आजै बस्ने क्याबिनेट बैठकबाट तराई-मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार, राहत र थुनामा परेकाहरुलाई रिहाई गर्ने भएको छ। सरकार र संघीय गठबन्धनबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको वार्तामा यस्तो सहमति भएको हो।

यूरोपबाट मैनालीको बिझाउँने काँडा सार्वजनिक

बार्सिलोना-स्पेन निवासी नयाँ गायक सुरज मैनालीले आफ्नो नयाँ गीत “बिझाउने काँडा” को भिडियो सार्बंजनिक गरेका छन्। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) स्पेनको प्रस्तुतिको रुपमा गायक मैनालीको भिडियो सार्बजनिक भएको हो।

सलमान खानका समर्थकलाई खुशीको खबर

बलिउड चर्तित अभिनेता सलमान खानको यतिबेला धेरै माग छ। सलमानको फिल्म ‘सुल्तान’ बक्सअफिसमा सुपरहिट सावित भयो। उनको आउने फिल्म ‘ट्युबलाइट’ को अहिलेदेखि नै चर्चा सुरु भएको छ।

पौने पाँच अर्बको हस्तकला निर्यात

आर्थिक वर्ष ०७२/७३ चार अर्ब ७६ करोड २४ लाख ६० हजार रुपैयाँ बराबरको हस्तकला सामान विदेश निर्यात भएको छ। नेपाल हस्तकला महासंघका अनुसार निर्यात भएको सामानमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका गएको छ। कुल निर्यातको ३० प्रतिशत हिस्सा अमेरिका गएको महासंघले जनाएको छ।

पशुपतिमा बाँदरकाे चर्तिकला

पशुपतिनाथ मन्दिरका बाँदरले त्यहाँ पुग्ने जो कोहीको ध्यान खिच्छन्। दर्शनार्थी र पर्यटकलाई तर्साउने र सास्ति दिनेमात्रै हाइन यहाँका बाँदरले कहिले कहीँ मनोरञ्जन पनि गराउँछन्।

छिन्चु–जाजरकोट सडकलार्इ स्थायी ‘रुट पर्मिट’ प्रदान

जाजरकोट– यातायात व्यवस्था विभागले छिन्चु–जाजरकोट सडकलाई स्थायी ‘रुट पर्मिट’ दिएको छ। विभागले यसअघि सल्यानको सल्ली बजारसम्म मात्र स्थायी रुट पर्मिट उपलब्ध गराएको थियो। स्थायी पर्मिट पाएसँगै अब उक्त सडकखण्डमा सरकारी भाडादर कायम हुनेछ। सदरमुकामबाट नेपालगन्जसम्म अब सरकारी भाडादर कायम हुनेछ।

पक्राउ परेका डा.केसीका समर्थकलाई रिहा गर्न माग

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग आगाडी डा गोविन्द केसीको समर्थनमा निकालिएको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपको विरोध भएको छ।

बोनम्यारो क्यान्सर पीडित कलाकार सेन्चुरीलार्इ बचाउन अभियान

काठमाडौं– बोनम्यारोको क्यान्सरबाट पीडित गायक तथा मोडल सन्दिप सेन्चुरीको उपचारका लागि काठमाडौंको गोंगबुस्थित सुनचाँदी व्यवसायी सेवा समितिले सेन्चुरी बचाउ अभियान सञ्चालन गरेको छ। मोरङको बयरवन–३ हरकपुर स्थायी घर भएका २७ वर्षीय मोडल सेन्चुरीको उपचारका लागि करिब ३२ लाख रुपैयाँ लाग्ने र उनको आफ्नो जायजेथाले नभ्याउने भएपछि समितिले अभियान सञ्चालन गरेको समितिका अध्यक्ष नारायण सुनारले जनाएका छन्।

कलाकारहरुले भने- 'हामीलाई जीवन दिनेलाई हामी पनि केही पल दिऊँ,

सिने कलाकारको सामाजिक सञ्जालमा डा. गोविन्द केसीको अनशनले ठाउँ पाएको छ। उनीहरुले डा. केसीको मागमा समर्थन त जनाएकै छन्, केसीको पक्षमा सडकमा उत्रिनसमेत आग्रह गरिरहेका छन्।

एकलाख ५७ हजार सहित इन्जिनियर पक्राउ

ख्तियारको टोलीले दाङमा एक इन्जिनियरलाई घुस लिँला लिँदै गरेको छ। लमहीस्थित जलउत्पन्न नियन्त्रण कार्यालयका इन्जिनियर रामदुलारी यादवलाई अख्तियारको कोहलपुरस्थित कार्यालयबाट खटिएको टोलीले एकलाख ५७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई टोलीले उनको कोठाबाटै घुससहित सहित नियन्त्रणमा लिएको हो।

अन्तरार्ष्ट्रिय नेपाली कलाकार समाजमा रेखा

युएई- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईको अध्यक्षमा रेखा घिमिरे चयन भएकी छन्। समाजले गरेको प्रथम अधिवेशनबाट नयाँ नेतृत्वमा घिमीरे सर्वसम्मत चयन भएकी हुन्। अधिवेशनले नवनिर्वाचित घिमिरेको अध्यक्षतामा २३ कार्यसमितिको समेत गठन गरिएको छ।

शशांकलाई हेरेर फर्किंदा सुजाताका आँखामा आँसु

अाेम अस्पतालमा उपचाररत नेपाली कांग्रेस महामन्त्री डाक्टर सशांक कोइराला हेरेर नेतृ सुजता कोइराला अाँखाभरि अाँसु पारेर फर्किइन्। उनी निकै भावुक देखिएकी थिइन्।

शशांकलाई एअर एम्बुलेन्सबाट बाहिर लैजाने अवस्था छैनः अस्पताल

गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई एअर एम्बुलेन्सबाट बाहिर उपचार गर्न लैजानसक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्