१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘पागल अल्पसंख्यक’ लाई परास्त गरेरै छाड्ने मादुरोको प्रतिबद्धता

आफूलाई शक्तिबाट हटाउन चाहेका ‘अल्पसंख्यक पागल’ लाई जसरी भए पनि परास्त गरैरै छाड्ने भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले बताएका छन्। देशका विपक्षी नेता उवान गुआइडोलाई चेतावनी दिँदै राष्ट्रपति मादुरोले विपक्षीले शनिबार गर्न लागेको प्रदर्शनविरुद्ध उत्रन आग्रहसमेत गरेको बिबिसीले उल्लेख गरेको छ ।

‘भेनेजुएली सेनासँग अमेरिका प्रत्यक्ष सम्पर्कमा छ’

राष्ट्रपति निकोलास मादुरोलाई अस्वीकार गर्न आग्रह गर्दै भेनेजुएली सेनासँग अमेरिका प्रत्यक्ष सम्पर्कमा रहेको अमेरिकी राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले बताएका छन्। अमेरिकाले राष्ट्रपति मादुरोलाई अवेज्ञा गर्न आग्रह गर्दै भेनेजुएली सेनाका वरिष्ठ अधिकारीहरुसँग कुराकानी गरिरहेको ती अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

देश गृहयुद्धमा जान सक्छ : राष्ट्रपति मदुरो

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन्। उनले स्पेनको एक टेलिभिजन अन्तरवार्ताका क्रममा सो धारणा राखेका हुन्।

निर्वाचन मिति नतोके विपक्षी नेतालाई समर्थन

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई निर्वाचन मिति तोक्नका लागि दबाव आउने क्रम जारी रहेको छ। केही दिनअघि स्पेन र बेलायतकै धारणा पछ्याउँदै युरोपेली राष्ट्र फ्रान्स र अस्ट्रियाले पनि यदि मादुरोले तत्काल नयाँ निर्वाचन मिति नतोके केही दिनअघि आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष एवं विपक्षी नेता जुवान गुआइडोलाई समर्थन गर्ने चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

दाहालको भेनेजुएला ‘बुमराङ’

राष्ट्रपतिमा दोस्रो कार्यकालका निमित्त गत महिना निर्वाचित भएदेखि नै निकोलस मदुरोविरुद्ध उर्लिएको जनप्रदर्शनहरूका माझ उनका प्रतिद्वन्द्वी उम्मेदवार तथा राष्ट्रिय सभाका अध्यक्ष हुवाँ गुइडोले सोही सभाबाट आफैँलाई भेनेजुएलाको राष्ट्रपति घोषणा गरेका थिए जनवरी २३ मा। त्यसको लगत्तै संयुक्त राज्य अमेरिकाले पनि उनलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछिको विवादले त संसार हल्लाएकै छ।

राष्ट्रपति मादुरोविरुद्ध प्रदर्शन

भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलास मादुरोविरुद्ध बृहत् प्रदर्शन गरेका छन् । अमेरिकालगायतका देशको समर्थन पाएका विपक्षी नेता जुवान गुआइडोको नेतृत्वमा विपक्षीले व्यापक प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति मादुरोलाई तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गरेको समाचारमा जनाइएको छ ।

भेनेजुएला तानाशाह शासनमा रहेको छ : विपक्षी नेता

भेनेजुएलाका विपक्षी नेता एवं राष्ट्रिय सभाका अध्यक्ष जुवान गुआइडोले भेनेजुएली नागरिक निकोलास मादुरोको नेतृत्वमा तानाशाही व्यवस्थामा बाँच्न बाध्य भएको आरोप लगाएका छन्।

मादुरोलाई युरोपेली नेताको अल्टिमेटम

युरोपेली राष्ट्रका नेताहरुले आठ दिनभित्र नयाँ निर्वाचनको मिति तोक्न भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई अल्टिमेटम दिएका छन्। स्पेन, जर्मनी, फ्रान्स र बेलायतले मादुरोलाई आठ दिनभित्र नयाँ निर्वाचनको मिति तोक्न अल्टिमेटम दिँदै यदि त्यसो नगरिए आफूहरुले विपक्षी नेतालाई औपचारिक रूपमै अन्तरिम राष्ट्रपतिको मान्यता दिने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ।

फ्रान्सको प्रतिष्ठित साहित्य पुरस्कार म्याथुलाई

निकोलस म्याथ्यूको उदासी किशोरको कथालाई फ्रान्सको प्रतिष्ठित प्रिम्स गोन्कर्ट साहित्य पुरस्कारद्वारा सम्मानित गरिएको छ।

जीर्ण बन्दै चीन जोड्ने राजमार्ग

चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षामा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ ।

चिनियाँ आश्वासनबाट माडुरो उत्साहित

भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोले तेल उद्योगमा लगानी बढाउन चीनले व्यक्त गरेको नयाँ प्रतिबद्धताबाट आफू उत्साहित भएको बताएका छन्।

जीर्ण बन्दै चीन जोड्ने राजमार्ग (फोटो फिचर)

चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षमा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ।

माडुरो चीन भ्रमणमा, आर्थिक सुधारबारे छलफल हुने

भेनेजुएलाको आर्थिक संकटबाट देशलाई माथि उठाउने प्रयासस्वरुप राष्ट्रपति निकोलस माडुरो बिहीबार चारदिने चिनियाँ भ्रमणका लागि निस्किएका छन्।

पहिराेले अरनिको र बिपी राजमार्ग अवरुद्ध

बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्