१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का गर्न ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिएका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्।

भेनेजुएलाको सरकार र विपक्षी बीच पुनः वार्ता

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका प्रतिनिधि र विपक्षी नेता हुवाँ गुएइदोबीचमा बिहीबार फेरि वार्ता सुरु भएको छ। देशको राजनीतिक सङ्कट समाधानका लागि भन्दै उहाँहरुबीच बारबादोसमा वार्ता भएको अधिकारीहरुले जनाएका छन्।

अरनिको राजमार्गको कालोपत्र वर्ष दिनमै भासियो

सडक डिभिजनले २०७३ भदौमा मर्मतसम्भारका लागि ‘अस्फाल्ट कंक्रिट’ प्रविधिबाट कालोपत्र सुरु गराएको थियो।

भेनेजुयलाका राष्ट्रपतिपुत्र नेपालमा

भेनेजुयलाका राष्ट्रपति निकोलास मडुरोका छोरा निकोलास मडुरो गुयराले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट गरेका छन्। नेकपाको युवा संघठनको निमन्त्रणामा नेपाल आएका उनले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए।

हिंंसाको बदलिँदो रूप

स–साना नानी बलात्कृत भएका समाचार सुनेर हैरान हुनेहरू आजभोलि भयानक सिरिङ्ज आक्रमणका खबर सुनेर आक्रान्त छन्।

अरनिको राजमार्गको साधी खोलामा बेलिब्रिज

अरनिको राजमार्गको बाह्रविसेस्थित साधी खोलामा मोटरेबल पुल जडान गरिएको छ। चार वर्षदेखि बन्द रहेको उत्तरी व्यापारिक तातोपानी नाका सञ्चालनमा आउने भएपछि सवारी आवागमन सहज बनाउन साधी खोलामा बेलिब्रिज हालिएको हो।

भेनेजुएला र प्रजातान्त्रिक विपक्षीबीच वार्ता

देशमा राष्ट्रपति निकोलस मादुरोविरुद्धको प्रदर्शनमा वृद्धि भइरहेकै समयमा समस्या समाधानका लागि सम्भावित हल खोज्नका लागि दुई पक्षबीच वार्ता भएको सरकारी वार्ता प्रतिनिधिले बिहीबार जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

भेनेजुएला : विपक्षी नेता गुएडोका शीर्ष सहयोगी पक्राउ

भेनेजुएलामा राष्ट्रपति निकोलश मादुरो विरुद्ध प्रदर्शन गर्दै आएका विपक्षी स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडो क्आन गुएडोका सहयोगी नेता पक्राउ परेका छन् । गुएडोका सहयोगी तथा नेशनल एसेम्ब्लीका उपाध्यक्ष एड्गर जाम्ब्रानोलाई काराकासबाट भेनेजुएलाको गुप्तचर निकायले पक्राउ गरेको हो । गुप्तचर निकायका अधिकारीले एड्गर र उनको कारलाई नियन्त्रणमा लिएका हुन् ।

नाका चलाउन राजमार्ग दुरुस्त बनाइँदै

उत्तरी व्यापारिक नाका तातोपानी भएर चीन जोड्ने अरनिको राजमार्ग मर्मत सम्भारमार्फत दुरुस्त बनाइँदै छ। बिनासकारी भूकम्पपछि चार वर्षदेखि बन्द नाका छिट्टै सञ्चालनमा ल्याउने तयारी थालिएपछि अत्यावश्यक पूर्वाधारका रुपमा राजमार्ग सुधार तथा मर्मत सम्भारलाई द्रुततर बनाइएको हो।

१५ औं योजना स्वीकृत, द्रुत गतिको विकास लक्ष्य

आधारपत्रले १५ औं योजनाको अन्त्यसम्म हालको १७ प्रतिशत गरिबीलाई १३ मा झार्ने योजना बनाएको छ। १४ औं योजनाको सुरुमा नेपालमा गरिबीको रेखामुनिको जनसंख्या २१.६ प्रतिशत थियो भने गत आर्थिक वर्ष यस्तो गरिबी १८.७ प्रतिशतमा झरेको थियो।

नाका सञ्चालनार्थ दुरुस्त बनाइँदै राजमार्ग

नाका बन्द हुँदा ओझेलमा परेको राजमार्ग मर्मत, सम्भार नहुँदा झन्–झन् जीर्ण बन्दै गएको थियो। आफ्नो क्षेत्रमा चीनले सडक मर्मत लगभग सकेको छ भने डिभिजन सडकले पनि राजमार्ग सुधारलाई अन्तिमतिर पु¥याएको छ। ‘जेठभित्रै राजमार्गलाई दुरुस्त बनाउने प्रयासमा छौँ,’ प्रमुख इन्जिनियर झाले भने।

तातोपानी नाका खुलाउन तीव्र गतिमा काम

२०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ। आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

भेनेजुएलाका राष्ट्रपति क्युबा निर्वासनमा जान लागेको अमेरिकी दाबी

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निर्वासनमा जान तयार भएको दाबी गरेका छन्। तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भएको भन्दै खण्डन गरेका छन्।

विपक्षीले ‘कू’ को प्रयास गरेको सरकारी आरोप

भेनेजुएली सरकारले देशको विपक्षी दलले ‘कू’ को प्रयास गरेको आरोप लगाएको छ। विपक्षी नेता उवान गुआइडोले राष्ट्रपति निकोलस मादुरोको शासनको अन्त्य गर्नका लागि आफू अन्तिम चरणमा पुगेको घोषणा गरेलगत्तै भेनेजुएली प्रशासनले विपक्षीले गरेको ‘कू’ को सानो प्रयासलाई समाधान गर्न लागेको बताएको हो।

भेनेजुएला राजनीति : राष्ट्रपति मादुरोले गरे सेनाको प्रशंसा

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले देशको सेनाको खुलेर प्रशंसा गरेका छन् । अमेरिका र विपक्षी नेता उवान गुआइडोको नेतृत्वको ‘कू’ लाई परास्त गरेको र आफूप्रति वफादार रहेको भन्दै मादुरोले देशको सुरक्षा फौजको तारिफ गरेको बिबिसीले उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्